बलात्कार गरेको आरोपमा ७० वर्षीय वृद्ध पक्राउ

२ कार्तिक, सल्यान
बलात्कार आरोपमा सल्यानमा ७० वर्षीय वृद्ध पक्राउ परेका छन्

जिल्लाको छत्रेश्वरी गाउँपालिका निवासी ५५ वर्षीया बोल्न नसक्ने एक महिलालाई बलात्कार गरेको आरोपमा सोही गाउँका ७० वर्षिय वृद्ध पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

शनिवार दिउँसो ती वृद्धले महिलालाई बलात्कार गरेको भन्ने सुचना प्रहरीमा आएपछि शनिबार बेलुका नै वृद्धलाई घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक लक्ष्मण ओलीले बताए ।

आरोपित वृद्धको जिल्ला अस्पताल सल्यानमा स्वास्थ्य परीक्षण गरी प्रहरी हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको प्रवक्ता ओलीले बताए ।

प्रतिक्रिया दिनुहोस