ग्रामीण साकोसको २६ औं साधारण सभा सम्पन्न, वार्षिक ५० लाख आम्दानी

असोज २९ , सल्यान ।
सल्यानको ग्रामीण सहकारी बचत तथा ऋण सहकारी संस्थाले एक बर्षमा ५० लाख भन्दा बढि आम्दानी गरेको छ । सदरमुकाममा रहेको सहकारीले गत आर्थिक बर्षमा ५० लाख ७७ हजार ४ सय ३३ रूपैयाँ खुद बचत गरेको हो ।
सहकारीले २६ औं साधारण सभा सम्पन्न गरेपछि बुधबार भएको पत्रकार सम्मेलनमा अध्यक्ष धिरेन्द्र कुमार शाक्यले सहकारी सधै नाफामा रहेको जानकारी सहित नीति विधि सहित सहकार पल्स प्रविधिमा चलेको भन्दै सहकारीको सम्पत्ती सबै सेयर सदस्यको भएको बताए ।
कोभिडको समयमा सहकारीले विभिन्न प्रक्रियाबाट बार्षिक साधारण सभा गरेको भन्दै टोलटोलमा पुगेर सामाजिक दुरी पालना गरेर प्रतिवेदन बुझाउदै हस्ताक्षर संकलन गरेको भन्दै उनले गुनासो पुस्तिका संगै राखेर निर्णय गरिएको बताए ।
सहकारीको शेयर रकम २ करोड १७ लाख ८६ हजार २ सय, बचत निक्षेप १४ करोड १२ लाख ६५ लाख १ सय ९४ र कुल सम्पत्ती १९ करोड ४७ लाख ७२ हजार रहेको प्रबन्धक शान्ता राइले जानकारी दिइन ।
सहकारीका पुर्व अध्यक्ष तथा जिल्ला सहकारी संघ लिमिटेड सल्यानका अध्यक्ष केशव सिंह श्रेष्ठले ग्रामिण वचत तथा ऋण सहकारी संस्था लि उत्कृष्ट बन्नुमा सबै सेयर सदस्य, कार्यसमिति र कर्मचारीको उत्तिकै योगदान रहेको बताए ।
सहकारी शिक्षा, सुत्केरी भेटघाट, तीजमिलन, अन्तरक्रिया, विभिन्न दिवस सम्पन्न गरेको सहकारीले गत आर्थिक बर्षमा सामाजिक सेवा कार्यक्रम अन्तरगत स्वास्थ्यसम्बन्धी विभिन्न विभिन्न शिविर संचालनका साथै शारदा नगरको राहत कोषमा ५० हजार रकम प्रदान गरेको छ ।
सहकारीले ५ जना सेयर सदस्य, ३१ बाल सदस्य तथा १ कर्मचारीलाइ सम्मान पनि गरेको छ । १७ सय ८६ सदस्य रहेको सहकारीले चालु आर्थिक बर्षमा २१ सय ५५ सदस्य पु¥याउने लक्ष राखेको छ ।
उत्कृष्ट करदाता, प्रोवेशन व्राण्ड अवार्ड तथा उत्कृष्ट सहकारीको रूपमा सम्मानित भएको सहकारीले १ लाखको दुर्घटना विमाका साथै ५० हजारको कोरोना विमा संचालन गरेको छ ।
असोज २३ गते देखि सुरु साधारण सभा असोज २८ गते एक समारोहका साथ सम्पन्न गरिएको हो ।

प्रतिक्रिया दिनुहोस