सल्यानको दार्मा गाउँपालिकाले नि:शुल्क १५ हजार मास्क र ३६ सय साबुन बितरण गर्‍यो ।

असोज २५, सल्यान

दार्मा गाउँपालिका सल्यानले निशुल्क १५ हजार मास्क र ३६ सय साबुन बितरण गरेको छ ।

सल्यानको दार्मा गाउँपालिकाले गाउँपालिकाका सम्पूर्ण नागरिक र प्रत्येक घरधुरीलाई मास्क र साबुन निशुल्क रुपमा वितरण गरेको छ ।कोरोना भाइरसको संक्रमण बढ्न नदिनका लागि बिहिबारबाट वितरण गरेको गाउँपालिकाले नागरिक लाई मास्क र साबुन निशुल्क रुपमा बितरण गरेको हो ।

विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९ अर्थात कोरोना भाइरसबाट बच्न र रोकथामका लागि मास्क र साबुन वितरण गरिएको गाउँपालिका अध्यक्ष निम बहादुर केसीले बताएका छन् । आउँदै गरेको बिजया दशमी ,तिहार र खुल्दै गरेका विद्यालयलाई विशेष ध्यानमा राखी आम जनताको स्वास्थ्य सुरक्षाका लागि निःशुल्क मास्क र साुबन वितरण गरिएको अध्यक्ष केसीले बताए ।

कोरोना भाइरस संक्रमणबाट सचेत हुन वडा कार्यालयलाई गाउँपालिकाले हस्तान्तरण गरेको माक्स र साबुन असोज मसान्तसम्म वडा कार्यालय मार्फत घर घरमा
वितरण गरिने केसीले बताए ।उनले केही वडा हरुमा अपुग रहेको मास्क र साबुन लाई छिटै पुर्‍याउनको लागि आफुहरु लागि परेको बताएका छ्न ।

गाउँपालिकाले असोज २२ गते वडा न ५ र ६,बाट सुरु गरेको बितरणमा गाउपालिका भित्रमा करिब १५ हजार मास्क र ३६ सय साबुन रहेको दार्मा गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञ बस्नेतले जानकारी दिएका छ्न ।

प्रतिक्रिया दिनुहोस