बागचौर नगरपालिकाले शारदा नदिमा २५ हजार माछाका भुरा छाड्यो ।


असोज २४ सल्यान ।
सल्यानको बागचौर नगरपालिकाले शारदा नदिका विभिन्न भागमा २५ हजार माछाका भुरा हरु छाडेको छ ।

शनिबार बागचौर नगरपालिका अन्तर्गत पर्ने वडा नं.२ र ७ को सिमाना टाट्के,वडा नं. ४ को सिमखोली र वडा नं.२ को खरिबोट नजिकको शारदा नदिमा उक्त माछाका भुराहरुलाई छोडिएको हो ।
कार्यक्रममा बोल्दै बागचौर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकीले बागचौर नगरपालिका भित्र भएका नदि र अन्य खोला नालाको जैविकता र भौतिक बस्तुलाई संरक्षण गर्नको लागि माछाको महत्त्वपूर्ण भुमिका हुने भन्दै आफुहरुले परिक्षणको लागी पहिलो पटक २५ हजार माछाका भुराहरु शारदा नदिमा छाडिएको बताएका छ्न ।बुढाथोकीले माछा भए नदि र खोला उत्खनन गर्न रोक लगाउने ,डोजरले बालुवा निकाल्न नपाइने लगाएतका निर्णयहरुले दुबैको संरक्षण हुने भन्दै आफुले यस्तो गरेको बताएका हुन ।
नगर प्रमुख बुढाथोकीले माछाको संरक्षणको लागी बिधुतबाट माछा मार्न नपाइने,करेन्टद्वारा माछा मार्न नपाइने,जालहानेर माछा मार्न नपाइने र यदि नगरपालिकाको नीति विधि माछा मारेको पाइएमा कानुन बमोजिम कार्वाही गरिने बताएका छ्न ।माछा र खोला नदिको,संरक्षणको लागि स्थानीय प्रशासन,इलाका प्रहरी कार्यालय र अन्य सरोकारवाला निकाय संग समेत सहकार्य गरिएको उनले बताए ।
नगरले खोलामा माछाका भुरा छोड्ने शिर्षक छुट्याएको १ लाख रकम बाट २५ हजार रहुनैनी प्रजातिका माछा शारदा नदिमा छोडिएको बागचौर नगरपालिकाका पशु सेवा प्रमुख टेकबहादुर बस्नेतले जानकारी दिए ।उक्त प्रजातिको माछाका भुराहरुको वृद्धि र बिकासको लागी शारदा नदिको पानी राम्रो भएको समेत उनले बताएका छ्न ।
कार्यक्रममा नेकपाका बागचौर नगरकमिटी अध्यक्ष घनश्याम शर्मा,वडा नं. ७ का वडा अध्यक्ष शेरबहादुर घर्ती,वडा नं.२ का कार्यबाहक अध्यक्ष टोपबहादुर डाँगी,वडा नं.४ का वडा अध्यक्ष प्रेमबहादुर पुन,वडा सदस्री जनक घर्ती र कृष्ण बस्नेत ,नेकपाका युवा नेता सोभाराम भण्डारी,डिल्ली वली लगाएत नेपाली नेपाली काङ्ग्रेसका स्थानीय नेता,नगरका कर्मचारी,स्थानीय बासी सबैको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस