असोज २२, सल्यान
प्रहरीले बरामद गरेको घरेलु मदिरा ढुवानी गरि नस्ट गर्न लैजादै गर्दा सल्यान श्रीनगर मा पिकअप गाडी दुर्घटना भएको छ ।
प्रहरीले गंगामाला कोल्ड स्टोरको रा १ च ५६९ नम्बरको बोलेरो पिकअप गाडी सहयोग मागी बरामद गरिएको घरेलु मदिरा ढुवानी गरि इलाका प्रहरी कार्यालय शीतलपाटी लैजादै गर्दा बिहिबार विहान ८ः३० बजे दुघंटना भएको हो ।
गाडीका चालक पनि गाडिमै रहेका बेला इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान दिपक पौडेलले गाडी चलाउदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय शीतलपाटीले बताएको छ ।
दुर्घटनामा कुनै मानविय क्षति नभएको र गाडी चलाउने प्रहरी जवानको लाइसेन्स प्राप्त रहेको बताइएको छ ।