बेवारिसे बालकको १२ घण्टा पछि उद्दार, आमा सहित दुई पक्राउ

असोज १९, सल्यान ।
सल्यानमा बेवारिसे अवस्थामा फेला परेको भनिएको अन्दाजी २८ दिने बच्चाको आमा सहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
शारदा नगरपालिका वडा नं ३ घोरुलोटेको जंगलमा विहान फेला परेको बालकका आमा शारदा नगपालिका वडा नं ३ की बच्चाको आमा ३५ बर्षिया शान्ता परियार र शानपा वडा नं २ पानिखोलाको अन्दाजी वर्ष ३८ को दान बहादुर भण्डारीलाई दिउँसो विभिन्न स्थानहरूबाट प्रहरीले नियन्त्रणमा लिएको हो।
गत वर्ष कातिकमा रोजगारी को शिलसिलामा भारतको उत्तराखंडमा सँगै गएका यी दुवैजना दशैं मान्न घर सङ्गै फर्केका हुन् । गाड्डाचौकी नाका भएर नेपाल आएका दुवैजना महेन्द्रनगरको एक कवारेन्टीनमा ३ दिन बसी सल्यानको श्रीनगर असोज १८ गते पुगेका हुन्।
घरमा पुग्दा बच्चा नलैजाने दुवैजनाको सल्लाह भएबोजिम बाटैमा पर्ने जंगलमा १८ गते बेलुका ६ः०० बजेतिर फाली घरतर्फ लागेका थिए। आज बिहान मर्निङ्ग वाकमा निस्केका स्थानीयले देखें पश्चात प्रहरीलाई सूचना प्राप्त हुन साथ जिल्ला प्रहरी कार्यालय सल्यान बाट प्रहरी निरीक्षक को कमाण्डमा प्रहरी टोली खोजतलासको लागि खटिई गएको थियो ।
बच्चालाई तत्काल उद्दार गरी जिल्ला अस्पताल सल्यान मा राखिएको छ भने बच्चाको स्वास्थ्य अवस्था राम्रो रहेको छ । पक्राउ परेका दुवैजना श्रीमान श्रीमती होइनन् । पुरुष विवाहित हुन भने महिलाको सम्बन्ध बिच्छेद भई सकेको बुझिएको प्रहरी प्रवक्ता प्रहरी निरिक्षक लक्ष्मण वलीले जानकारी दिएका छन । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस