अमेरिकामा बस्दै आएका पुर्व प्र.अ ले गरे आफ्नो बिधालयमा लाखौको अक्षकोष निर्माण

श्री सरस्वती मा.वि बागचौर नगरपालिका वडा नं.४ पेदिखोला का पुर्व प्रधानाध्यापक नवराज पुनले दुई लाख त्रिचालीस हजार नौ सय बाह्र रुपैयाँ राशिको नवराज पुन जेहेन्दारिता छात्रवृत्ति अक्षयकोष निर्माण गरेका छन।

उक्त अक्षयकोष मार्फत प्रत्येक बर्ष सरस्वती मा.वि बाट एसइइ दिने विद्यार्थीहरु मध्य उत्कृष्ट नतिजा ल्याउने एक एक जना छात्र छात्रालाई अक्षयकोषमा रहेको रकमको ६.५५ का दरले बार्षिक रुपमा प्राप्त ब्याजको ७५ प्रतिशत रकम छात्रवृत्ति स्वरुप प्रदान गरिनेछ भने बाकी २५प्रतिशत रकम कोषमा जम्मा हुने बिद्यालयका बर्तमान प्रधानाध्यापक रामरोशनी बस्नेतले जानकरी दिए। २०५९ साल फाल्गुन २६ गतेदेखी सरस्वती माविको प्रधानाध्यापक बनेका पुन २०७४ भाद्र १ गते सेवा निवृत भएका थिए।जेहेन्दार विद्यार्थीहरुलाई प्रोत्साहन मिलोस भन्ने हेतुका साथ आफुले बिरामी बिदा बाट प्राप्त गरेको दुई लाख त्रिचालीस हजार नौ सय बाह्र रुपैयाँ रकम अक्षयकोष निर्माण गरि जम्मा गरेको उनीले बताएका छ्न ।

पुनको उक्त कार्यको उच्च सम्मान गर्दै विद्यालयले उनलाई एक बक्तव्य मार्फत धन्यवाद ज्ञापन समेत गरेको छ।दुई दशक भन्दा बढी सरस्वती मा.वि मा कार्यरत रहि विद्यालयलाई नयाँ उचाई दिएका नवराज पुन हाल स-परिवार अमेरिकामा बस्दै आएका छन।

प्रतिक्रिया दिनुहोस