असोज १५, सल्यान
\लुम्बिनी रारा मुगु जोड्ने दुर्त मार्गको कार्य सल्यान जिल्लाका दुई भागमा बिभाजन गरेर सुरु गरिएको छ ।
राष्ट्रिय प्राथमिकताको योजना अन्तर्गत,नेपाल सरकार भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको लगानीमा सुरुभएको उक्त दुर्त मार्गको काम सल्यानको शिद्वकुमाख गाउँपालिका अन्तर्गत चाख्लीघाट,त्रीवेणी हुँदै कुमाख र कुमाख गाउँपालिकाको रागेचौर,त्रीवेणी,जिमाली हुँदै कुमाख जोड्नका लागि सडक निर्माण तथा स्तरबृर्द्वीको काम सुरु भएको छ ।
बुधबार उक्त दुर्त मार्गको अनुगमन गर्न गएका पुर्व सामान्य प्रशासन मन्त्री तथा हालका संघिय सांसद टेकबहादुर बस्नेतले लुम्बिनी रारा जोड्ने दुर्त मार्गले सल्यान जिल्लाको गरिमा बढाएको बताएको बताएका छन् ।
राष्ट्रिय रुपमा नै छुटै पहिचान बोकेको उक्त मार्गले सल्यानको आर्थिक तथा पर्यटन बिकासमा समेत टेवा पुर्याउने उनको भनाई रहेको थियो ।
नेपाल कम्युनिस्ट पाटीका केन्द्रिय सदस्य तथा सल्यान जिल्लाका पाटी इन्चार्ज समेत रहेका बस्नेतले अहिले सल्यान खण्ड अन्तर्गत दुई भागमा सडक निर्माणको काम भैरहेको बताएका हुन
आर्थिक बर्ष २०७६ र ०७७ का लागी संचालनमा ल्याइएको उक्त योजना कोभिड (१९ कोरोना भाइरसको कारणले यस आर्थिक बर्षमा ४ करोडको लागतमा सुरु गरिएको उनिको भनाई रहेको थियो ।