सल्यानमा गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत र पत्रकार सहित २० जनामा कोरोना

सल्यानमा गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत र पत्रकार सहित २० जनामा कोरोना संक्रमण देखिएको छ ।
जिल्लाको त्रिवेणी गाउँपालिकाका अध्यक्ष मान बहादुर डाँगी, प्रमुख प्रशासकिय अधिकृत बसुन्धरा पुन, छत्रेश्वरी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत डिल्ली खड्कालाई कोरोना संक्रमण पुष्टि भएको हो ।
मंगलबार प्रदेश प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पिसिआर परिक्षणको क्रममा उनिहरुलाई कोरोना देखिएको हो ।

छत्रेश्वरी गाउँपालिकामा कार्यरत पत्रकार बुद्धि हमाललाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनि छिटो खबर डटमका प्रधानसम्पादक हुन् । अहिले आफुहरु भोटेचौरको आइसोलेसनमा बसेको उनले जानकारी दिएका छन् ।
यस्तै स्वास्थ्य सेवा कार्यालय सल्यानका एक जना स्वास्थ्यकर्मी र शारदा नगरपालिका १२ का एक जनामा संक्रमण देखिएको छ ।
उनिहरु सँगै त्रिवेणी गाउँपालिकामा १५ र छत्रेश्वरी गाउँपालिकामा ३ कर्मचारीहरुलाई पनि कोरोना देखिएको छ ।

प्रतिक्रिया दिनुहोस