नेपाल लोकस्टार विजेता शनि विश्वकर्माको पहिलो गित युट्युवको ट्रेन्डिङमा

पहिलो आइएमई नेपाल लोकस्टार विजेता शनि बिश्वकर्माको आवाजमा रहेको ‘झुम्का झलक्कै’ बोलको गीत सार्बजनिक भएको छ ।
हाइलाइटस नेपाल युटुब च्यानल मार्फत रिलिज भएको झुम्का झलक्कै गितमा बिष्णु माझीको समेत आवाज रहेको छ ।

भरत बहादुर बस्नेत र दुर्लभ केसीको प्रस्तुति रहेको झलक्कै गीतको शब्द र संगीत शिव हमालको रहेको छ भने म्युजिक भिडियोमा कलाकारहरु सागर लम्साल, रियाशा, चक्र र गीताको अभिनय रहेको छ । यस भिडियोलाई गम्भिर बिष्टले निर्देशन गरेका हुन ।

म्युजिक भिडियोमा शनि बिश्वकर्माको समेत अभिनय रहेको छ । शनि बिश्वकर्मा आइएमई लोकस्टार भएपछीको यो पहिलो प्रस्तुति हो । उनले खुसी ब्यक्त गर्दै यसरि नै गित संगीतमा निरन्तरता दिने बताएका छन् ।
यो समाचार तयार पार्दा सम्म शनिको गित युट्युवको ३७ नम्बर ट्रेन्डिङमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस