आइएमई लाइफ इन्स्योरेन्स द्वारा खरिबोटका इन्द्र प्रकाश केसीको परिवारलाई विमा दावि रकम हस्तान्तरण

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले सल्यान बागचौर नगरपालिका वडा नं.२ खरिबोटका इन्द्र प्रकाश केसीको परिवारलाई ५लाख ३० हजार बिमाको दाबी रकम हस्तान्तरण गरेको छ ।

गत असार ६ गते निधन  भएका सल्यान बागचौर नगरपालिका वडा नं.२ खरीबोटका ४१ बर्षिया इन्द्रप्रकाश केसीको परिवारलाई बिमाको दाबी रकम हस्तान्तरण गर्द्वै आइएमी लाइफ इन्स्योरेन्स कम्पनीका बजार प्रतिनिधि दिपेन्द्र  डिसीले आजको युगमा जीवन बिमा अनिवार्य भएको बताएका छ्न ।आर्थिक बचत का साथै उन्नति,समृद्धि र जीवन सुरक्षाको लागी जिवन बिमाले महत्त्वपूर्ण भुमिका खेल्ने भन्दै जीवन बिमा गर्दा कोहि कतै पछुताउनु पर्ने अबस्था कहिले पनि न आउने बताएका हुन ।

कम्पनीले बिमाङ्क बापतको ५ लाख र दुई किस्ताको बोनस ३० हजार गरेर जम्मा ५ लाख ३० हजार रकम मृतक इन्द्र प्रकाश केसीकी जीवन संगीनी कृष्ण केसी लाई हस्तान्तरण गरिएको आइएमई लाइफ इन्स्योरेन्स सल्यान शाखा प्रमुख बिमला वली( बोहरा) ले बताईन ।रकम हस्तान्तरण बागचौर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकी र आइएई लाइफ इन्स्योरेन्सका बजार प्रतिनिधि दिपेन्द्र प्रकाश डिसीले संयुक्त रुपमा मृतकका परिवारलाई हस्तान्तरण गरेका थिय ।

मृतक केसीले कम्पनीमा पाँच लाखको सरल सावधिक जीवन बीमा गरी दुई किस्ता रकम भुक्तानी गरेका थिय ।यस्तै आइतबार नै आइएमई लाइफ इन्स्योरेन्सलेले बागचौरमा अभिकर्ता उत्प्रेरणा तालीम सम्पन्न गरिएको बताएको छ।

प्रतिक्रिया दिनुहोस