सल्यानमा तलब निकासा नभएको भन्दै शिक्षा मन्त्रीलाई बुझाइयो ध्यानाकर्षण पत्र

 

१ असोज, सल्यान

सल्यान जिल्लाका विभिन्न सामुदायिक विद्यालयमा कार्यरत अनुदान शिक्षकहरूले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई ज्ञापनपत्र बुझाएका छन् । जिल्लामा कार्यरत शिक्षण सिकाई सहयोग अनुदान शिक्षकहरूले आफूहरूले पाउनुपर्ने तलव(अनुदान) नेपाल सरकारबाट प्राप्त हुने रकम निकासा नभएको भन्दै शिक्षा विकास तथा समन्वय ईकाई सल्यान मार्फत समस्या समाधानका लागि शिक्षा मन्त्रीलाई बिहिवार ध्यानाकर्षण पत्र बुझाएका हुन्।

मुलुकमा विद्यमान कोरोना महामारीको कारण जनाउँदै गत असार महिनामै निकासा हुनुपर्ने आफुहरूको रकम हालसम्म पनि उपलब्ध नभएका कारण सरकार आफैले निजी क्षेत्रमा कर्मचारीलाई कोरोनाको कारण देखाएर सेवाबाट वञ्चित नगराउन निर्देशन दिईरहेका वेला आफुहरूको सेवा सुविधा उपलब्धता सम्वन्धि हालसम्म कुनै सुचना प्राप्त नभएकाले आफुहरूले ध्यानाकर्षण गराएको अनुदान शिक्षक समिति सल्यानका संयोजक दिपेन्द्र प्रकाश वली बताए । पहिलो चरणमा देशैभरिका शिक्षा विकास तथा समन्वय ईकाईमा ध्यानाकर्षण बुझाउने कार्यक्रम गरेको शिक्षण सिकाई
सहयोग अनुदान शिक्षक संघर्ष समिती सल्यानले दोस्रो चरणमा,स्थानीय तह हुँदै प्रदेशमा ध्यानाकर्षण गराउने कार्यक्रम रहेको बताएको छ ।त्यस्तै शिक्षा तथा मानव स्रोत विकास केन्द्र लाई समेत ध्यानाकर्षण गराउने कार्यक्रम रहेको जिल्ला संयोजक दिपेन्द्र प्रकाश वलीले बताएका हुन । ध्यानाकर्षण पत्र बुझ्दै शिक्षा विकास समन्वय ईकाई सल्यानकी बिधालय प्रशासन फाटकि प्राविधिक सहायक सुम्निमा महर्जनले आफुहरू पनि सो विषयमा चिन्तित रहेको र उक्त बिषयका लागि आफुले सक्ने पहल गर्ने बताइन । शिक्षा इकाईका संयोजक बिरामी परेका कारण कार्यलयमा उपस्थित हुन नसकेको जानकारी गराउदै महर्जनले छिटै आफुहरु बाट गर्न सक्ने पहल कदमी अगाडि बढाइने उनको भनाइ रहेको थियो ।

सामुदायिक विद्यालयमा रहेको शिक्षक अभाव कम गर्न २०७५ सालदेखि सरकारले,प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक विद्यालयलाई शिक्षण सहयोग अनुदान भनी एकमुष्ट रकम प्रदान गर्दै आएको थियो । सोही अनुदानमा देशैभरिका सामुदायिक विद्यालयहरूका करिव ६ हजारको हाराहारीमा शिक्षकहरू कार्यरत रहेका बताईएको छ । गत असार मसान्तभित्र निकासा हुनुपर्ने उक्त रकम हालसम्म पनि निकासा गरिएको छैन । सो सम्बन्धि आधिकारिक जानकारी समेत उपलब्ध गराईएको छैन । कोभिड (१९ को महामारीको समयमा सरकार बाट रोजगारी खोसीनु,महामारीमा तलव पाउनु पर्ने सर्बब्यापी शिद्वान्त बिपरीत भएको ध्यानकर्षण पत्रमा उल्लेख गरिएको छ ।
सरकारले निजि क्षेत्र लाई कोरोना महामारीको वेला कुनै पनि व्यक्तिलाई उनीहरू कार्यरत क्षेत्रबाट हटाउन नपाईने र उनीहरूले पाएआएको सेवासुविधाबाट समेत वञ्चित गराउन नपाईने भनी निर्देशन दिईरहेको छ । तर आफैले फेरि यस प्रकार शिक्षकहरूले पाउनुपर्ने रकम निकासीका लागि वेखबर जस्तै छ । यस प्रकारको कार्यले देशभरका आफुहरूजस्ता शिक्षकहरू पिडामा रहेका समितीका सचीव उदय रकालले बताए । पहिलो चरणमा ध्यानाकर्षण मात्र गराईएको र सरकार शिक्षा संग चिन्तित नै होला भन्ने आफुहरूको विश्वास रहेको र यदि सो हुन नसकेमा आफुहरू जस्तोसुकै कडा संघर्ष गर्न पछि नपर्ने समेत उनले बताएका थिय ।

प्रतिक्रिया दिनुहोस