जाजरकोटमा होटलको छतबाट खसेर सल्यानका एक मजदुरको ज्यान गयो ।

 

सरू बस्नेत

२८ भदौ  जाजरकोट
जाजरकोटको भेरी नगरपालिका ४ शान्तीचौतारामा भदौ २७ गते  रूकमेलि होटल एण्ड लजको छतबाट  खसेर सल्यानका एक मजदूरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ,सल्यान जिल्लाको कुमाख गाउँपालिका ३ का ३९ वर्ष का किरण थापा रहेको प्रहरीले जनाएको छ ।
प्रहरी का अनुसार , बेलुका कामको सिलसिलामा फर्के लगत्तै थापाको खसेर मृत्यु भएको हो ।

थापा विगतका केही दिन देखि जाजरकोटमा ज्याला मजदुरी गर्दै आएका थिए । थापाको शब अहिले जिल्ला अस्पताल जाजरकोट मा राखेको प्रहरी ले जनाएको छ ।

उनका आफन्त भने अहिलेसम्म कोही लाई पनि सम्पर्क हुन सकिरहेको छैन , सम्पर्क गर्ने प्रयास मा रहेको प्रहरी को भनाई छ ।

प्रतिक्रिया दिनुहोस