मुक्तिनाथ विकास बैंक द्वारा मृतकको ऋण मिनाह परिवारलाइ राहत हस्तान्तरण

सल्यान, १७ भदौ ।

मुक्तिनाथ विकास बैंकको साना तथा लघु बैंकिङ्ग डेस्क कार्यालय थारमारेमा आवद्ध सदस्य श्री दिपा रावतको बिरामी भएर ३९ बर्षको उमेरमा मृत्यू भएकोले बैकले तिर्न बाँकी साँवा र व्याज रकम मिनाह गर्नुका साथै तिरी सकेको साँवा व्याज तथा काज क्रिया बापतको रकम हस्तान्तरण गरेको छ ।

बैंकले तिरीसकेको सावाँ र व्याज बापतको रकम १ लाख ६४ हजार २ सय ३३ रुपैयाँ र काजक्रीया बापतको रकम रु. ५ हजार हस्तान्तरण गरेको छ । त्यस्तै उनले तिर्न बाँकी रहेको कर्जा रु. १ लाख १७ हजार २ सय १९.९९ रुपैयाँ पनि मिनाह गरेको छ । उक्त रकम स्वर्गिय दिपा रावतको श्रीमान तिलक राम रावत लाई शारदा नगरपालीका वडा नं. १३ का वडा अध्यक्ष  तुल्सीराम रावत द्धारा  तिलक राम रावतको घरमा एक कार्यक्रम का विच भाद्र १६ गते हस्तान्तरण गरीएको छ ।

उक्त कार्यक्रमा बोल्दै वडा अध्यक्ष रावतले जनताको दुःख पिडामा पनि बैंकले साथ दिई पिडित परिवारलाई ठुलै राहत दिईएको प्रति धन्यवाद प्रकट गर्दे  स्ता खालका कार्यक्रमहरु निरन्तर दिदै जान पनि सल्लाह दिएका थिए । यस अघि पनि उक्त बैंकले करीव ६ लाख बराबरको ऋण मिनाह तथा राहत विरतरण गरेको थियो । मुक्तिनाथ विकास बैंक लि. साना तथा लघु बैंकिङ्ग डेस्क प्रमुख गेहेन्द्र भट्टराईले बैंक जनताको दुःखमा पनि सधै साथमा रहेर अगाडी बढेको साथै हरेक नेपालीहरुको सुख, दुःखमा तथा धनि देखि गरीबहरु लाई वित्तिय सेवा दिईरहेको साथै सामाजिक उत्तरदायीत्व मा सक्रिय भएर लागीरहेकोे बबताए । । साथै दिवंगत आत्माको चिर शान्तीको कामना गर्दै शोकाकुल परिवार जन प्रति गहिरो समवेदना प्रकट समेत गरेका थिए  ।

प्रतिक्रिया दिनुहोस