नेकपा वडा कमिटिद्वारा शारदा नपा वडा नं. १२ को कार्यालयमा तालावन्दी, यसो भन्छन वडाध्यक्ष:हमाल

 

१२ भाद्र सल्यान
सल्यानको शारदा नगरपालिका वडा नम्बर १२ को कार्यालयमा सोही वडाको नेकपा वडा कमिटिले ताला बन्दी गरेको छ ।
शानपा १२ मा को लिफ्ट खानेपानी आयोजनामा वडाध्यक्ष दिपक हमाल र प्रेमलाल विष्टलाई उपभोक्ताको कृते हस्ताक्षर गरी आफ्ुखुशी समिति गठन गरेको भन्दै नेकपा वडा कमिटि शानपा १२ ले तालाबन्दी गरिएको स्थानीय वासी तथा नेकपाका नगर कमिटि सदस्य सुरेन्द्र बुढाले बताए ।
यस विषयमा वडाध्यक्ष हमालले कोमिड १९ का कारण बैठक भेला गर्न नमिल्ने भएकाले घर घरमा गई हस्ताक्षर गराइएको र संवाद छलफल केही नगरि कार्यालय बन्द भएको समयमा राजनैतिक प्रतिशोधका आधारमा तालावन्दी गरिएको प्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको र आफुले कुनै गलत काम नगरेको बताए ।
तालावन्दी गर्नेहरुको नाममा किटानी जाहेरी दिनलागेको र पार्टीगत हिसावले आफुलाई विभिन्न आरोप लगाई चरित्र हत्या गर्न खोजिएको उनले भने ।
नेकपाका जिल्ला कमिटि सदस्य भोला बुढाथोकीको नेर्तत्वमा ताला वन्दी गरिएको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस