बागचौर नगरपालिकाद्वारा बाफुखोलाका बाढी पहिरो पीडितलाई राहत वितरण ।

भदौ १२, सल्यान

सल्यानको बागचौर नगरपालिकाले बाफुखोलाका बाढी पहिरो पीडितलाई राहत प्रदान गरेको छ ।

भाद्र ३ गते आएको अविरल बर्षाका कारण सल्यानको बागचौर नगरपालिका वडा नं.१२ बाफुखोलाका विभिन्न भागमा गएको बाढी पहिरोले क्षति पुगेका परिवारलाई राहत वितरण गरेको छ ।
बागचौर नगरपालिकाले पहिलो चरणको राहत बितरण कार्यक्रम अन्तर्गत
३० किलो को चामल १सय १० बोरा चामल,२सय २० लि खाने तेल,४ सय ७२ पिस कपडा धुने र नुहाउने साबुन,१ सय २५ किलो दाल २ सय २० किलो चिनी,२सय ३३ किलो नुन,२० थान डसना,२० पिस तन्ना,पिफम १ थान,३० थान त्रीपाल र ५०० मिटर पिउने पानीको लागि पलाष्टिक पाइप उपलब्ध गराएको हो ।

बिहिवार राहत सामाग्री सहित बाफुखोला पुगेका बागचौर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकीले बाढी पहिरो प्रभावित क्षेत्रको अनुगमन गरेर घटनाको प्रकृति हेरेर दुख व्यक्त गरेका छन् ।  पीडित परिवारलाई राहत सामाग्री हस्तान्तरण गर्दै बागचौर नगरपालिका वडा नं.१२ मा प्राय प्राकृति बिपत्तिका घटनाहरु घटी रहने हुनाले आफुहरुलाई चिन्तित तुल्याएको बताए ।उनले भने आफ्नो स्वास्थ्य समस्याका कारण घटना स्थलमा तत्काल सहभागी हुन नसक्दा पीडित जनतामा पर्न गएको असर प्रती आफु क्षमा प्राथी रहेको बताउँदै पीडितलाई राहत दिने कुरामा कुनै पनि कसर बाँकि नराख्ने र घटना घटेकै दिनमा आफू सहभागी हुन नसक्ने अवस्था भएपछि नगर उप प्रमुख सहित नगरको टोली घटना स्थलमा पुगेको र बाढी पहिरो बाट घरवारविहीन परिवारलाई खाना पकाउनको लागि भाडावर्तन,खाद्यान्न सामाग्री दिन वडा लाई निर्देशन दिएको बताए ।नगरप्रमुख बुढाथोकीले नगरपालिकाको तर्फबाट पहिलो चरणको राहत सामाग्री भएको र तत्काल नगर कार्यपालिकाको बैठक बसी पीडित परिवारको लागि दृर्घकालिन राहतको ब्य्वस्था कसरी गर्न सकिन्छ आफुहरु त्यता तिर लाग्ने बताए ।उनले बाढी बाट क्षति भएको उक्त क्षेत्रको सडक,बिधुत,खानेपानी लगाएतको मर्मत सम्भार समेत गर्ने प्रतिबद्धता गरेका छन् । घटना घटेपछि पीडित लाई राहत प्रदान गर्न घटना स्थल सम्म पुग्नुहुने संघिय सांसद,द्वय प्रदेश सांसद, दार्मा गाउँपालिका अध्यक्ष , विभिन्न राजनैतिक दलहरु नेपाली काङ्ग्रेस,राप्रपा लगाएत अन्य संघ संस्थाहरु सबैलाई धन्यवाद दिएका थिय ।घटनाको बास्तबिक पीडित लाई सहि तरिकाले राहत उपलब्ध गराउन एकद्वार प्रणाली बाट राहत बितरण गर्न आफुहरु लागि परेकाले राहत दिन चाहाने सुवेछुकहरुलाई नगरपालिका संग सहकार्य गरेर अगाडि बढ्न समेत आग्रह गरेका थिय । उनले बाढी पहिरो बाट पीडितलाई राहत दिलाउनको लागि संघिय सरकार ,प्रदेश सरकार संग समेत समन्वय गर्ने बताए ।

राहत बितरण कार्यक्रममा बोल्दै नेकपा बागचौर नगरकमीटी अध्यक्ष घनश्याम शर्माले बाढी पहिरो बाट पीडित परिवार लाई राहत बितरणमा आफ्नो पाटिले महत्त्वपूर्ण भुमिका खेलेको बताए,जिल्ला कमीटी सदस्य समेत रहेका शर्माले संघ,प्रदेश सरकारका सांसद समेत घटना क्षेत्रमा पुगि सकेको बताए ।उनले राहतको बिषयमा आफुहरु सधै लागी पर्ने बताए ।
यस्तै बागचौर नगरपालिका वडा नं.१२ का वडा अध्यक्ष दिपक वलीले बाढी पहिरो बाट प्रभावित परिवारको एक्किन बिवरण जम्मा गरि सकिएको र अब वडा बिपद ब्यवस्थापनको बैठक बसी एकद्वार प्रणाली बाट राहत बितरणको कार्यलाई अगाडि बढाइने बताए ।

राहत बितरण कार्यक्रममा बागचौर नगरपालिकाका उपप्रमुख कल्पना पुन,बागचौर नगरपालिका का निमिक्त कार्यकारी अधिकृत रामबहादुर हमाल वडा नं.३ का वडा अध्यक्ष टिकाराम केसी,४ का प्रेमबहादुर पुन,५ का का भा वडा अध्यक्ष बिक्रम रावत,८ का वडा अध्यक्ष रोमु शाही,१० का मोहन खड्का र ११ का मोहन खड्का,नेकपाका कर्णाली प्रदेश सदस्य कृति बहादुर पुन,लोकबहादुर डाँगी,नेपाल शिक्षक महासंघ पुर्व केन्द्रिय सह अध्यक्ष एवं नेकपाका नेता रत्न बहादुर वली,नेकपाका जिल्ला कमिटी सदस्य सेतिराम वली,सल्यान दाङ सेवा समाजका अध्यक्ष कर्णबहादुर वली लगाएतको उपस्थिति रहेको थियो ।
वाफुखोलामा गत भादख्र ३ गते गएको बाढि पहिरोले ४ वटा घर बगाएको थियो भने दर्जनौ द्धरमा क्षपत पुगेको थियो । जसमध्यका २१ विस्थापित घर परिवार र पहिरोको जोखिममा रहेका ८५ घर परिवारलाई नगरपालिकाले राहतका सामाग्री हस्तान्तरण गरेको हो ।

प्रतिक्रिया दिनुहोस