सल्यान बाफुखोलाका बाढी पहिरो पीडित लाई संघीय सांसद र प्रदेश सांसदले राहत दिने ।

 

भाद्र ६, सल्यान

भाद्र ४ गते परेको भीषण बर्षाका कारण गएको बाढी पहिरोले बागचौर नगरपालिका वडा नं।१२ मा ३ घर बगाएको छ भने, करिब १ सय ५० घर उच्च जोखिममा रहेका छन् । भाद्र ५ गते उक्त घटनाको अनुगमन गर्न पुगेका जिल्लाका  सांसदले बाढी पहिरो बाट पीडित लाई तुरुन्त राहतको पहल गर्ने बताएका छन  ।

संघिय प्रतिनिधि सभाका सांसद तथा नेकपा सल्यानका जिल्ला इन्चार्ज टेकबहादुर बस्नेतले उक्त घटना स्थलमै पुगेर प्राकृतिक बिपदले पुर्‍याएको क्षतिले आफुलाई मर्मस्पर्शी बनाएको बताएका छ्न ।बागचौर नगरपालिकाको वडा नं।१२ को बाफुखोलामा भएको उक्त घटनाले आफुहरुको ध्यानाकर्षण समेत गराएको बताए ।पुर्व मन्त्री समेत रहेका बस्नेतले यस भन्दा पहिलेका बर्षमा भएका प्राकृतिक बिपदका घटनाको घाउ ओभाउन नपाउदै बाफुखोला बासीमा अर्को चोट परेको बताए ।उनले उक्त बाढी पहिरो बाट पीडित लाई राहत दिने कुराको प्रक्रिया लाई अगाडि बढाउन सबै तहका सरकारहरु संग सहकार्य गर्ने र जोखिममा रहेको बस्तीलाई ब्यवस्थापन गर्न समेत आफुहरु लागी पर्ने बताए।

यस्तै उक्त घटनाको अनुगमन गर्न पुगेका प्रदेश सांसद गुलावजंग शाहले मानबिय क्षति नभएपनी जिल्लाको लागि एउटा दर्दनाक घटना भएको बताए,घटना स्थलमा पुगेका शाहले पीडित लाई उच्च मनोबल राख्न अनुरोध गर्द्वै आफुहरुले प्रदान गर्ने सहयोगलाई छिटै पीडित सम्म पुर्‍याउने बताएका हुन । कर्णाली प्रदेशले गत साल देखि लागू गरेको बिमा कार्यक्रम अन्तर्गत बिपतका कारण पुर्ण रूपले घरवारविहीन परिवारलाई प्रतिघर एक लाख १ रुपैया प्रदान गर्ने ब्यवस्था अनुसार उक्त रकम पीडितलाई दिने र अन्य क्षतिको प्रकृति हेरेर राहतको ब्यवस्थापन गर्न आफुहरु लागि पर्ने बताए ।नेकपा कर्णाली प्रदेश सांसदिय दलका प्रमुख सचेतक तथा नेकपा सल्यानका जिल्ला सहइन्चार्ज समेत रहेका शाहले बाफुखोलाको भूगोल अनुसार बर्षा कारण अझै ठूलो क्षति हुन सक्ने सम्भावना रहेकाले सचेत रहन स्थानीयहरुमा आग्रह गरेका छ्न ।

यता बागचौर नगरपालिकाले घटनाको बिवरण संकल गर्द्वै गरेको र पीडितलाई राहतको लागि तत्काल आवश्यक प्रक्रिया अगाडि बढाइने बताएको छ ।बागचौर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकीले उक्त भुगोलमा बाढी पहिरोका कारण बर्षेणी मानवीय क्षति संगै ठूलो धनजनको क्षति पुग्दै आएकाले त्यस तर्फ आफ्नो ध्यानाकर्षण गराएको बताए । घटनाका पीडितलाई राहतको लागि नगरपालिकाले गर्न सक्ने सहयोग पुर्‍याउने र प्रदेश सरकार र संघिय सरकार संग पनि सहकार्य गरे र राहतको लागि पहल गर्ने उनले बताए ।नगर प्रमुख बुढाथोकीले यस बर्षको बर्षाले बागचौर नगरपालिकाको वडा नं। १२,११ को बाफुखोला वडा नं। ३ को रामपुर खाली,पुतलीवास,गार्खक लगाएतका क्षेत्रमा ठूलो धनजनको क्षति पुगेको र त्यसको बिवरण संकलनमा नगरपालिका लागी परेको बताए ।उनले अझै पनि बर्षाको समय भएकाले सचेत रहेर बस्ने नगरपालिका बासीमा अनुरोध गरेका छ्न ।

शुक्रबार घटना स्थल सल्यानको बाफुखोला पुगेका प्रमुख जिल्ला अधिकारी शिवाराम पोख्रेलले जिल्लाको लागी अप्रिय घटना घटेको बताए,मानवीय क्षति न भएपनी उक्त बाढी पहिरोले धेरैको जिवनमा बिकराल समस्या निम्त्याएको बताएका छ्न ।उनले उक्त घटनामा हाल सम्म आफुहरुलाई आएको बिवरण अनुसार ३ घर बाढिले बगाएको,३७ घर बस्न नहुने गरि क्षति भएको,१० घर परिवार स्कुलमा बसी राखेको ३७ घर परिवार आफन्त कहाँ बसी राखेको र अन्य बिवरण संकलनमा आफुहरु लागी परेको बताए ।जोखिममा परेका घर परिवारलाई ब्यवस्थापन गर्न आफुहरु लागि परेको पनि बताए ।

शुक्रबार घटना स्थलमा जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख ढकेन्द्र खतिवडा,नेपाली सेना सिमखर्क ब्यारेकका कर्णेल कन्चन बस्नेत,शसस्त्र पहरी प्रमुख प्रमोद कुमार राय,अनुसन्धान प्रहरी प्रमुख बिनोद दुवाडी लगाएतको सुरक्षा निकाय,राजनैतिक दलका नेता,नेपाल रेडक्रस सोसाइटी सल्यान शाखाका सभापति यौवन प्रकाश श्रेष्ठ,पत्रकार र सरोकारवाला निकायहरु पुगेका थिय ।

बाढी पहिरोले बागचौर नगरपालिका वडा नं। १२ बाफुखोलाको अधेरे,मथिल्लोचौराडाडा,जोरेपानी,चिफ्लेगोठ,परलेखोली,भयारथान,जङ्गलेखोला लगाएतका भागमा बढी क्षति पुर्‍याएको वडा अध्यक्ष दिपक वलीले बताए ।उनका अनुसार स्थानीय जलबिधुत पुर्ण रुपले क्षति भएको र जलविद्युतको पावर हावस पहिरोको जोखिममा रहेको,पहिरोले घर संगै नगद लत्ताकपडा,खाद्यान्न सामाग्री,बाख्रा समेत बगाएको र ५ वटा घट्टमा क्षति पुर्‍याएको पनि बताए । वलीले आफुहर बाढी पहिरो बाट पीडित परिवारको ब्यवस्थापनमा समेत लागि रहेको बताए ।

प्रतिक्रिया दिनुहोस