नेकपा छत्रेश्वरीले भन्यो, अध्यक्षका कारणले बजेट पास भएन ।

 

साउन २७, सल्यान ।
नेपाल कम्युनिष्ट पार्टी छत्रेश्वरी गाउँकमिटिले छत्रेश्वरी गाउँपालिका सल्यानमा समयमै गाउँ सभा बाट बजेट पारित हुन नसक्नुमा गाउँपालिका अध्यक्ष नै मुख्य जिम्मेवार भएको बताएको छ ।

सोमबार, पार्टीका सांगठनिक गतिबिधि र छत्रेश्वरी गाउँपालिकाको निति कार्यक्रम र बजेट वारे आफ्नो धारणा सार्वजनिक गर्न भोटेचौरमा पत्रकार सम्मेलण गर्दै नेकपा छत्रेश्वरीका नेताहरु र गाउँसभामा प्रतिनिधित्व गर्ने वडाध्यक्षहरुले उक्त कुरा बताएका हुन ।

पत्रकार सम्मेलनमा बोल्दै विषयगत समितिहरु र कार्यपालिका वैठकमा छलफल र सहमति गरेर मात्रै गाउँसभामा निति कार्यक्रम र बजेट ल्याउनुपर्नेमा, त्यसो नगरेर गाउँपालिका अध्यक्षले मनोमानी तरिकाले प्रचलित विधि र प्रक्रिया विपरित गाउँसभामा निति कार्यक्रम र बजेट ल्याएको कारणले समस्या आएको उनिहरुले बताएका हुन ।
गाउँसभा बस्नको लागी करार कर्मचारीको बिषय मात्रै आफ्नो पार्टीको पहिलो प्राथामिकता नभएको बताउदै उनीहरुले उक्त मुद्धालाई मात्र हाईलाइट गरेर आफुहरुले उठाएका अन्य थुप्रै विषयलाई ओझेलमा पार्न खोजिएको बताए ।

नेपाल कम्युनिस्ट पाटी९ नेकपा ० छत्रेश्वरी गाउँकमीटीका अध्यक्ष ओजबहादुर बुढाथोकीको अध्यक्षतामा भएको पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै, क्षत्रेश्वरी गाउँपालिकाका चार जना वडा अध्यक्षहरुले, आफुहरुले उठाएका बिषयवस्तुहरु कर्मचारीको मात्र नभएर,अन्य धेरै भएको बताएका छ्न ।उनिहरुले गाउँपालिकाको खर्च प्रक्रियाको कुरा,कार्यपालिकाको वैठक संचालनको विधिका कुरा , बजेट निर्माणका कुरा लगाएत अन्य बिषय बस्तु पनि भएको बताएका हुन ।

आफुहरुले विगत देखी उठाउदै आएको डोजर खरिदको कुरा छ । जो आवस्यक भएता पनि, त्यसको प्रयोजन बिधि संवत नभएको बताए । त्यसैले त्यो बेरुजुको रुपमा आएपछि गत वर्षको मलेपको प्रतिवेदनमा सबै भन्दा बढि वेरुजु क्षत्रेश्वरी गाउँपालिकाको देखिएको उनिहरुको भनाइ रहेको छ । वडा अध्यक्षहरुले गाउँपालिका अध्यक्ष,कार्यकारी अधिकृत लाई नीति र विधि पुर्‍याएर काम गर्नु पर्ने सुझाव दिदा पनि आफ्नो कुराको कुनै पनि सुनुवाइ नभै त्यसको बिपरित कार्यहरु गर्द्वै आएकोले आफुहरु गाउँ सभामा उपस्थित नभएको क्षत्रेश्वरी गाउँपालिका वडा न २ का वडा अध्यक्ष प्रेमबहादुर खड्काले बताएका हुन ।
योजना अनुगमन, सवारी साधन खरिद र त्यसको प्रयोग लगायतका मागहरुमा वडाध्यक्षहरुले कार्यपालिकामा कुरा गर्न खोज्दा त्यो एजेन्डा पनि नबन्ने र छलफल पनि नहुने अवस्था आएको उनले वताए ।

स्थानिय तह संचालन गर्दा निश्चित समयका लागी भर्ना गरिएका करार कर्मचारीका ठाउँमा स्थायी कर्मचारी आईसके पछि उनिहरुलाई हटाएर गाउँपालिकालाई थप आर्थिक व्ययभार वाट बचाउनु पर्नेमा आवस्यक्ता अनुुसार राख्नुपर्ने कर्मचारीलाई समेत वामले हटाउन थाले भनेर भ्रमित वनाई गाउँपालिका अध्यक्षकै निर्देशनमा संघर्ष समिति बनाई गाउँपालिका घेराउ गरेर गाउँसभामा कार्यपालिका सदस्यलाई उपस्थित हुन नदिई एकतिहाई सदस्य बाट बजेट पारित गर्न खोजेको पनि वडा अध्यक्षहरुको भनाई रहेको छ ।

क्षत्रेश्वरी गाउपालिकामा नेकपा बाट निर्वाचित भएका वडा नं।२ का वडा अध्यक्ष प्रेमबहादुर खड्का,३ का वडा अध्यक्ष राज बहादुर बुढाथोकी,४ का वडा अध्यक्ष नेव बहादुर खड्का र ५ का वडा अध्यक्ष लिलाधर घर्तीले गाउँपालिकाको बिकासको लागि छलफल र सहमतिको लागी पनि आफुहरु तयार रहेको बताएका हुन ।

गाउँपालिकामा बजेट पास नहुनुले सिंगो क्षत्रेश्वरी बासिमा निराशा छाएको तर त्यसलाई हल गर्न तिर नेतित्वले चासो न देखाएको भन्दै वडा अध्यक्षहरुले राजनीति करण न गर्न गाउँपालिका अध्यक्षलाई आग्रह गरे ।गाउँपालिकाको गाउँसभाबाट बजेट पारित गर्न आफुहरु तयार रहेको र त्यसको लागि आफुहरु असहमत हुँदै आएका ११ वटा बुदाहरुमा छलफल गर्न तयार रहन गाउँपालिका अध्यक्षलाई आग्रह गरेको उनीहरुले पत्रकार सम्मेलनमा बताएका हुन ।

प्रतिक्रिया दिनुहोस