साउन २०, सल्यान
एथ्लेटिक्सका सहायक प्रशिक्षक रबिन कुमार राईको निधन भएको छ । ‘केही महिना देखि ब्रेन ट्युमर’ रोग सँगै क्यान्सर रोगबाट थला परेका उनको सोमवार साँझ ८ वजे तीर भक्तपुरस्थित काठमाडौं क्यान्सर सेन्टरमा उपचार क्रममा निधन भएको परिवारले जनाएको छ ।
सल्यानको शारदा नगरपालिका २ खलंगा स्थायी घर भएका राईले २०५२ सालदेखि सहायक प्रशिक्षकको रुपमा काम गर्दै आएका थिए ।
२०५२ साल देखी ९ बर्ष दैलेखमा खेलक्षेत्रमा समय बिताचएका राईले २०६१ साल पश्चात सल्यानमा नै रहेर खेलक्षेत्रमा काम गरिरहेका थिए । मोफसलमा रहेर एथ्लेटिक्सका खेलाडी उत्पादनमा राईले महत्वपूर्ण योगदान पु¥याएको जिल्ला खेलकुद बिकास कार्यालय सल्यानका प्रमुख शिवराज अधिकारी बताए । २०२८ साल फागुनमा जन्मिएका राईको ४९ बर्षको उमेरमा निधन भएको हो ।
उहाँको आज बिहान पशुपती आर्यघाटमा दाहसंस्कार गरिएको पारिवारिक स्रोतले जनाएको छ । उनका एक श्रीमति, एक छोरा र दुइ छोरी रहेका छन ।