साउन २०९, सल्यान
सल्यानका ब्लड क्यान्सर पिडित किरण नेपालीलाई सहयोग जुट्ने क्रम चलिरहेको छ ।
आज मात्रै सल्यान जिल्ला छत्रेश्वरी ६घर भई विभिन्न देशमा कार्यरत व्यक्तिहरुले पठाएको ५९०५८ रुपैया किरण नेपालीको घरमै पुगेर हस्तान्तरण गरिएको छ ।
सहयोगीहरुको नामावली यस प्रकार रहेको छ ।
-राजन देवकोटा, छत्रेश्वरी ६गोदे ( हाल अमेरिका) रु. ३२९३० ।
-सागर नेपाली छत्रेश्वरी ६ लान्ति ( हाल मलेसियाः) रु. ९००० ।
-लोक बहादुर विष्ट छत्रेश्वरी ३ शंखकुल ( हाल मलेसिया) रु.३०७४ ।
-तारा के.सी. छत्रेश्वरी ६ भोटेचौर(हाल कतार) रु. १००२४ ।
-रेमन्त महतरा छत्रेश्वरी ६ भोटेचौर(हाल कतार) रु. २००० ।
र शारदा थापा छत्रेश्वरी ६गोदे (हाल कतार) रु. २००० ।
विभिन्न व्यक्तिहरुले पठाएको सहयोग रकम राजन देवकोटाकी श्रीमति मुना देवकोटाले हस्तान्तरण गरेकी थिइन ।
ब्लड क्यान्सर बाट पिडित किरण नेपाली कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएको बारे दियो अनलाइनमा सामाग्री प्रशारण भएपछि उनलाई सहयोग जुट्न थालेृको हो ।