सल्यानका क्यान्सर पिडित किरण नेपालीलाई एकै दिनमा ९१ हजार बढि सहयोग हस्तान्तरण

साउन ९, सल्यान
ब्लड क्यान्सर पिडित किरण नेपालीको लागि आज मात्रै कुल ९१,३७० रुपैया सहयोग हस्तान्तरण गरिएको छ ।

सल्यान शारदा नपा १ शान्तिनगर निवासी ब्लड क्यान्सर पिडित किरण नेपालीलाई आज उनकै घरमा पुगी विभिन्न व्यक्ति तथा युवाहरुको समुहले उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन ।।
ब्लड क्यान्सर बाट पिडित नेपालीको आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएको कुरा थाहाँ पाएपछि जिल्लाको श्रीनगरमा रहेको सल्यान ग्यालरी ग्रुप , खलंगामा रहेको युथ अफ सल्यान ग्रुपले किरण नेपाली बचाऔं अभियान संचालन गरेका थिए ।

जस अन्तर्गत सल्यान ग्यालरी गुु्रपले संकलन भएको ३०,५००  , युथ अफ सल्यान ग्रुपले संकलन गरेको ४२,०५० रुपैया हस्तान्तरण गरिएको हो ।
त्यस्तै त्रिवेणी सिम्क निवासी प्रकाश रसाइली ,सल्यान रानीकोट निवासी प्रदिप सुनारले संयुक्त रुपमा १२,८२०
र शानपा १ निवासी सृजना केसी ले ६,००० रुपैया सहयोग हस्तान्तरण गरेकी छन ।

क्यान्सर पिडित किरण नेपालीका लागि सहयोग र्न चाहानेले किरण नेपालीको कृषि विकास बैंकमा रहेको खाता नम्बर ०९१९८००८३५६९०१३ मा सहयोग गर्न सकिनेछ ।

किरण नेपालीको अवस्था बारे दियो अनलाइनले केही दिन अघि भिडियो सामाग्री तयार पारेको थियो ।

प्रतिक्रिया दिनुहोस