सल्यानको दार्मा गाउँपालिकाले ३६५ विपन्न घरपरिवारलाई राहत वितरण गर्ने

साउन ९, सल्यान

सल्यानको दार्मा गाउँपालिकाले ३६५ विपन्न परिवारलाई राहत वितरण गर्न लागेको छ ।
लकडाउन,कोरोना महामारी,सलह, बाढि पहिरो आदिीका कारण छाक टार्न गाह्रो परेका विपन्न परिवारलाई दुइ किसिमले राहत विररण गरिने बताएको छ ।
सरकारी सेवा सुविधा नपाएको श्रम गर्न नसक्ने अति विपन्न्,असहाय र अनाथ बालबालिका छनौट गरि वडाको सिफारिसमा २०० घरपरिवारलाई २५ केजी चामल ,दाल,नुन,तेल निःशुल्क वितरण गरिने भएको हो ।
त्यस्तै श्रम गर्न सक्ने अति विपन्न,असहाय र अनाथ बालवालिका छनौट गरि वडाको सिफारिसमा १६५ घरपरिवालाई ५० केजी चामल,दाल,नुन,तेल निःशुल्क वितरण गरिने भएको हो, जसमा सिफारिस गरिएकाले ५ दिन तोकिएको स्थानमा श्रमदान गराउने गाउँपालिकाले बताएको छ ।
यसरी निःशुल्क वितरण गर्न लागिएको राहत श्रावण मसान्त सम्म वितरण गरिसक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस