साउन ९, सल्यान ।
सल्यानको बागचौर नगरपालिकामा एक शिक्षकले आफ्नै १४ वर्षीया छात्रालाइ बलात्कार गरेको आ’रोपमा प्रहरीमा जाहेरी दर्ता भएको छ ।
बागचौर नगरपालिकाको वडा नम्वर २ बागचौरमा एक निजि विद्यालयका शिक्षक माथि यस्तो आ’रोप लागेको हो ।
बागचौरमा रहेको ब्राइट रोजल्याण्ड बोर्डिङ स्कुलका शिक्षक बागचौर नगरपालिका २ निवासी ३६ वर्षिय रामचन्द्र केसीले बालिकामाथि बला त्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय थारमारेमा उजुरी परेको प्रहरीले जनाएको छ ।
बालिकालाइ ५ दिन अघिदेखी निरन्तर रक्तश्राव भइ रहेपछि पीडितका आफन्तले घटनाबारे थाहा पाएका हुन् । घटना परिवारले थाहा पाएपछि आरोपित फरार रहेका छन् । उजुरी पछि पीडितको स्वास्थ्य परिक्षणको लागी आज शुक्रबार सल्यान अस्पताल ल्याउने तयारी भइ रहेको पिडीतका आफन्तले बताए । स्वास्थ्य परिक्षण पछि थप कानुनी प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिएका छन् ।