सल्यानको बागचौर नगरपालिकामा थप २ जनामा कोरोना पुष्टि

सल्यानको बागचौर नगरपालिकामा थप दुई जनामा कोरोना पुष्टि भएको छ ।

भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा दुई जनामा कोरोना पुष्टि भएको हो ।

कोरोना पुष्टि हुनेहरुमा सल्यान बागचौर नगरपालिका वडा नं. २ का २५ वर्षिया र २७ वर्षिया दुई युवाहरू रहेका छ्न् । गत श्रावण २ र ३ गते १३४ जनाको स्वाब संकलन गरिएको र जसमा १३२ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने दुइजनाको रिपोर्ट पोजेटिभ आएको बागचौर नगरपालिकाले जनाएको छ ।

कोरोना पोजेटिभ रिपोर्ट आएका दुबै ब्यक्ति वैदेशिक रोजगारबाट फर्किएका बागचौर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकीले बताएका छन् । उनका अनुसार ती दुबै ब्यक्तिलाई आइसोलेशनमा लिने तयारी भैरेहेको छ ।

यसभन्दा पहिले बागचौर नगरपालिकामा पिसिआर गर्दा ११ जनालाई कोरोना पोजेटिभ देखिएको थियो । वडा नं. ६, ७, ९ र १२ का ब्यक्तिहरुलाई कोरोना पोजेटिभ देखिएको र हाल उनीहरु सञ्चो भएर घर फर्कीसकेको बागचौर नगरपालिका स्वास्थ्य शाखा प्रमुख हरि कठायतले जानकारी दिएका छ्न् ।

प्रतिक्रिया दिनुहोस