दियो अनलाइनमा भिडियो हेरेपछि क्यान्सर पिडित किरण नेपाली लाई सहयोग जुटाउदै युवाहरु

योगराज विश्वकर्मा

८ साउन, सल्यान

दियो अनलाइनको प्रभाव सल्यानका क्यान्सर पिडित किरण नेपाली लाई सहयोग जुट्न थालेको छ ।

सल्यान शारदा न.पा.—१ शान्तिनगर निवासी गाडी चालक किरण नेपाली लामो समय देखि क्यान्सर पिडित भएको र कमजोर आर्थिक अवस्थाका कारण उपचार गर्न समस्या भएको कुरा दियो अनलाइन बाट भिडियो सामाग्री प्रशारण भएपछि जिल्लाका युवाहरु किरण बचाउ अभियानमा लागेका छन ।
सल्यान खलंगाका युवाहरु द्वारा संचालित  युथ सल्यान ग्रुपले हिजो सम्म ३५५५५ रुपैया संकलन गरेको छ । र उक्त रकम चाडै हस्तान्तरण गरिने अभियान्ता अनिल भण्डारीले बताए ।
त्यस्तै श्रीनगर सल्यानका युवाहरुले संचालन गरेको सल्यान ग्यालरी ग्रुपले पनि श्रीनगर आसपासका बजार बाट सहयोग रकम संकलन गरिरहेको अभियान्ता बुलन्द सेजवालले जानकारी दिए ।
ब्लड क्यान्सर भई उपचारमा समस्या भन्ने कुरा सुनेपछि दियो अनलाइनको टिम किरणको घरमै पुगेर उक्त सामाग्री तयार पारेको थियो ।

 

प्रतिक्रिया दिनुहोस