सल्यानको दार्मामा नेपाली सेनाले बनायो प्रसुती गृह

सल्यान ७ साउन
सल्यानको दार्मा गाउँपालिका ५ त्रिबेणी, ढाकाडामा निर्मित प्रसुती गृहको उद्घाटन गरिएको छ ।
प्रसुती गृहको एक कार्यक्रमका विच बुधबार १९ नं. बाहिनी दाङका बाहिनीपती सहायकरथी सुशिल कुमार भण्डारी र दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसीले संयुक्त रुपमा रिवन काटेर संयुक्त रुपमा उद्घाटन गरिएको हो ।

सो अवसरमा बोल्दै सहायक रथी भण्डारीले स्थानिय महिलाहरुलाई सुरक्षित रुपमा प्रसुति सेवाका लागी सहज होस भन्ने उद्धेश्यले प्रसुति गृह निर्माण गरिएको बताए । त्यस्तै गाउँपालिका अध्यक्ष केसीले अब जोखिम मोलेर घरमा नै प्रसुती हुने बाध्यताको अन्त्य भएको बताए ।
श्री सबुज गणको क्यूआईपि परियोजना अन्तर्गत कुल २५ लाख लागतमा शौचालय सहितको ४ कोठे प्रसुति गृहको निर्माण गरिएको हो ।
जसमा लाग्ने सामाग्री बोलपत्र मार्फत खरिद गरिएको र सो गृहको निर्माण नेपाली सेना आफैले गरेको हो । सामाग्री खरिदको जिम्मा भगवती कन्ट्रन्सनका प्रोप्राइटर जिङज्याङ राईले पाएका थिए । जसको निर्माणमा सेना आफै खटिएको थियो ।
जसको निर्माण २०७६ माघ ६ गते बाट सुरु गरिएको थियो ।
प्रसुती गृह निर्माण पश्चात त्रिवेणी वासीलाई जिल्ला अस्पताल तथा अन्य ठाँउमा पुगी प्रसुती सेवा लिनु पर्ने बाध्यताको अन्त्य भएको छ ।

कार्यक्रममा सवुज गण सल्यानका गणपती घनश्याम भट्टराई, जनप्रतिनिधि, पत्रकार, स्थानिय लगाएको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस