नेपालमा पाँच दिनसम्म भारी वर्षा हुने

५ साउन, काठमाडौं ।

नेपालमा पाँच दिनसम्म भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नेपाली आकाशमाथि न्यून चापीय रेखा आएर बसेको र यो नहटेसम्म वर्षात जारी रहने महानिर्देशक सरजुकुमार वैद्यले बताए ।

बैद्यले ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तलाई ब्रिफिङ गरेअनुसार प्रदेश–१, प्रदेश–२, बागमती, गण्डकी, प्रदेश–५ र सुदूरपश्चिम प्रदेशमा घना वर्षा भइरहेको छ ।

पछिल्लो २४ घण्टामा मुलुकको अधिकांश स्थानमा एक सय मिलिलिटर वा सोभन्दा बढी पानी परिरहेको छ । यो अझै बढेर २ सय मिलिलिटर पुग्ने सम्भावना छ । न्यून चापी रेखा पश्चिमबाट पूर्वतिर सरेकाले पूर्वपहाडी क्षेत्रमा अत्याधिक वर्षाको सम्भावना रहेको विभागका महानिर्देशक वैद्यले बताए ।

उनका अनुसार ९ असारपछि मात्र क्रमशः पानी पर्ने क्रम कम भएर जानेछ  ।

प्रतिक्रिया दिनुहोस