सल्यानको दार्मामा जिल्लाका ४ जना पत्रकार सहित ६४ जनाको स्वाव संकलन ।

३० असार, सल्यान।
सल्यानको दार्मा गाउँपालिकामा जिल्लाका ४ जना पत्रकार सहित ६४ जनाको स्वाव संकलन गरिएको छ ।
मंगलबार दिउसो दार्मा गाउँपालिकाको फारुलाचौरमा दार्माका ६० जना र जिल्लामा क्रियासिल ४ जना पत्रकारहरुको स्वाव संकलन गरिएको हो ।
समाचार संकलनका लागि दार्मा पुगेका पत्रकार महासंघ सल्यानका अध्यक्ष प्रतिक इच्छुक शर्मा, सहसचिब शिव डाँगी,कोषाध्यक्ष योगराज विश्वकर्मा र प्रदेश पार्सद दिपसागर भण्डारी सहित ६४ जनाको स्वाव संकलन गरिएको हो । संकलन गरिएका स्वाव परिक्षणका लागि चौरजहारी पठउने तयारी भएको र रिपोर्ट बढिमा ६ दिन भित्र आउने गरि काम गरिएको दार्मा गाउँपालिकाका अध्यक्ष निम बहादुर केसी अरुणले बताए ।

प्रतिक्रिया दिनुहोस