सल्यानको दार्मामा एकैदिनमा २ सय २९ जनाको स्वाव संकलन

१६ , असार दार्मा।
सल्यानको दार्मा गाउँपालिकाले मंगलबार छैठौँ चरणमा २ सय २९ जनाको स्वाब संकलन गरेको छ ।

गाउँपालिकामा कार्यरत २ जना कर्मचारीसहित ५ जनामा कोरोना पुष्टी भएपछि गाउँपालिकाले सम्पूर्ण जनप्रतिनिधि, पालिका मातहतका कर्मचारी, स्वास्थ्यकर्मी र सङ्क्रमितको सम्पर्कमा आएकाहरुलाई ट्रेसिङ गरी स्वाब सङ्कलन गरेको गाउँपालिकाले बताएको छ ।

मंगलवार गरिएको स्वाव संकलन, स्थानीय व्यवसायी, होटल सञ्चालक, सुरक्षाकर्मीहरुको समेत गरिएको गाउँपालिका अध्यक्ष निम बहादुर केसीले जानकारी दिएका छन् । संकलित स्वाबलाई परीक्षणका लागि चितवनमा पठाउने व्यवस्था मिलाइएको गाउँपालिका अध्यक्ष केसीले बताए ।उनले परीक्षणको नतिजा छिटो आउने व्यवस्था मिलाइएको समेत बताए । स्वाब सङ्कलन पश्चात् सम्पूर्णलाई होम क्वारेन्टाइनमा बस्न निर्देशन दिइएको समेत अध्यक्ष केसीले बताए ।

गाउँपालिका सोमबार विज्ञप्ति जारी गरी गाउँपालिका, वडा कार्यालय तथा स्वास्थ्य संस्थाहरुबाट प्रवाह गरिने सम्पूर्ण सेवाहरु समेत अर्को सूचना नआउँदासम्मका लागि बन्द गरेको जनाएको छ । साथै पालिकाअन्तर्गतका सम्पूर्ण नाकाहरु समेत गाउँपालिकाले बन्द गरेको छ । कोरोना सङ्क्रमण फैलिएका कारण असार १५ गते हुने भनिएको गाउँसभा समेत निर्धारित मितिमा हुन नसकेको निमिक्त प्रमुख प्रशासकीय अधिकृत अमृत खड्काले बताएका छ्न ।

प्रतिक्रिया दिनुहोस