बिजय लघुबित्त बित्तिय संस्थाद्वारा सल्यान दार्माका मृतक परिवार लाई राहत प्रदान

१५ असार, सल्यान ।

बिजय लघुबित्त बित्तिय संस्थाले सल्यान दार्माका मृतक परिवार लाई राहत प्रदान गरेको छ ।
नवलपरासीको गैडाकोटमा केन्द्रिय कार्यालय भई, बिजय लघुबित्त बित्तिय संस्थाले सल्यानको थारमारेमा रहेको आफ्नो शाखामा आबद्ध मृतक सदस्यको परिवारलाई राहत प्रदान गरेको संस्थाका थारमारे शाखा प्रमुख रुद्रबहादुर बिश्वकर्माले जानकारी दिए ।
गत माघमा निधन भएका संस्थाका सदस्य सल्यान दार्मा गाउँपालिका वडा नं।४ का राम बहादुर चन्दकी श्रीमती निमा चन्दलाई नगद रु ६५ हजार रकम राहत स्वरुप प्रदान गरीएको प्रमुख बिश्वकर्माले बताए । आइतबार मृतक चन्दको घरमै गएर उनको परिवारलाई राहत प्रदान गरीएको हो ।

बिजय लघुबित्त बित्तिय संस्था शाखा कार्यालय थारमारेका प्रमुख रुद्र बहादुर बिश्वकर्मा, सहायक सहजकर्ता हरिभक्त भण्डारी, दार्मा गाउँपालिका वडा नं। ४ का वडा सचिब बिर्ख खड्का र रातामाटा बिजय लघुबित्त समुहका अध्यक्ष धनबहादुर चन्दले मृतककी श्रीमतीलाई राहत हस्तान्तरण गरेका हुन ।

प्रतिक्रिया दिनुहोस