स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि सल्यान अस्पताल सिल

११ असार, सल्यान :

स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछी सल्यान अस्पताल सिल गरिएको छ। अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीलाई कोरोना भाइरस कोभिड- १९ को स्वाब परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको छ ।

अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएसँगै बिहीवारदेखि आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको सल्यान अस्पतालले जनाएको छ। संक्रमण  जोखिम बढेको भन्दै अस्पतालले इमर्जेन्सी बाहेकका सम्पुर्ण सेवाहरु अनिश्चितकालकाका लागि बन्द गरेको स्वास्थ्य सेवा कार्यालयका प्रमुख डाक्टर अर्जुन बुढाले बताए ।

भारत लगायत अन्य देशबाट आएका नागरिकको स्वाब संकलन गर्दै आइरहेका एक स्वाथ्यकर्मीलाई संक्रमण देखिएपछि असार ५ गते स्वाब संकलन गरी प्रदेश अस्पताल सुर्खेतमा पठाइएकोमा बुधबार रिर्पोट पोजेटिभ आएको बताएको छ। थप संक्रमितहरुको पहिचानका लागि ट्रेसिङ तथा परीक्षण थालिएको बताएको छ।

प्रतिक्रिया दिनुहोस