दार्मा गाउँपालिकाको बजेट ३५ करोड ६२ लाख

दिपसागर भण्डारी
१० असार दार्मा

सल्यानको दार्मा गाउँपालिकाले आर्थिक बर्ष २०७७/०७८ का लागी ३५ करोड ६२ लाख ४४ हजार ३ सय ९५ रुपैया बिनियोजन गरेको छ । बुधबार भएको सातौ गाउँसभा,अधिबेशन बाट उक्त रकम बिनियोजन गरीएको गाउँपालिकाले जनाएको छ ।

रोकौ महामारी,उठाऔ पुर्वाधार,बढाऔ उत्पादन बनौ स्वरोजगार भन्ने मुलनारा सहित सुरु भएको गाउँसभाबाट सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उधेश्यले स्वास्थ्य क्षेत्रका लागी १ करोड ४६ लाख २३ हजार बजेट बिनियोजन गरेको छ ।

सडक पुर्वाधारको बिकास गरि यातायातलाई भरपर्दो र पहुँच योग्य बनाउन पालिका भित्र सडक बिस्तार तथा स्तरोत्रतिलाई प्राथमिकता दिनका लागी ४ करोड ५१ लाख,कृषि क्षेत्रका लागी ७५ लाख,सिचाइ आयोजना निर्माणको लागी १ करोड ५० लाख,पशुक्षेत्रको लागी,५९ लाख २० हजार,पर्यटन पर्यटकीय क्षेत्रकालागी १४ लाख,शिक्षा क्षेत्रका कार्यक्रमका लागी १ करोड ७० लाख,शिक्षक विद्यार्थीको अनुपात मिलाउन गाउँपालिका स्वयंसेवक शिक्षक परिचालनका लागी १ करोड २८ लाख,जनज्योति मा.बिको नमुना बिकासको लागी १ करोड ५० लाख बिनियोजन गरिएको छ ।

यस्तै खानेपानी आयोजना संचालनको लागी ३ करोड ४० लाख,खेल क्षेत्रको बिकास ,सहकारी संस्था आदि गरि क्षेत्रमा रकम बिनियोजन गरिएको गाउँपालिका अध्यक्ष निम बहादुर केसीले बताएका हुन ।उनले दार्मा गाउँपालिकामा आर्थिक बर्ष २०७७/७८ देखी लागु हुने गरि कृषि र उधोग क्षेत्रमा युवा उधमीको बिकास गरि स्वरोजगार सृजना गर्नको लागी उधमी संग उपाध्यक्ष कार्यक्रम संचालन गरिने बताए ।त्यसको लागी ८० लाख रकम समेत बिनियोजन गरिएको बताए ।

असार ८ गते देखी उद्घाटन भएको गाउँसभामा पालिका भित्रका ३ जना कर्मचारी हरुलाई सम्मान गरिएको थियो जस अन्तर्गत सर्वउत्कृष्ट कार्य गरे बापत नेत्र घर्ती,उत्कृष्ट दिनेश बिष्ट र सुर्य बहादुर बुढाथोकी रहेका छ्न ।उनिहरुलाई नगद पुरस्कार समेत गाउँपालिकाले हस्तान्तरण गरेको थियो । सातौ गाउँसभाको रकम प्रस्तुत गाउँपालिका उपाध्यक्ष टिका शर्मा ( शर्मा) वलिले गरेकी थिइन ।

प्रतिक्रिया दिनुहोस