सल्यानको छत्रेश्वरिले गाउँपालिकाले ल्यायो ४२ करोड ७२ लाखको बजेट

१० असार ,सल्यान

सल्यानको छत्रेश्वरि गाउँपालिकाले ४२ करोड बढीको बजेट बिनियोजन गरेको छ।गाउँपालिका अध्यक्ष सन्तोष केसिले बुधबार ४२ करोड ७२ लाख ८० हजार ९ सय रुपैयाको अनुमानित बजेट पेस गरेका छन।छत्रेश्वरिको वार्षिक नीति तथा कार्यक्रम अन्तरगत आठौं गाउँसभा मा नितितथा बजेट प्रस्तुत गर्दै अध्यक्ष केसिले उक्त बजेट पेश गरेका हुन।

गाउँपालिका उपाध्यक्ष सीता केसिको स्वागत मन्तब्यबाट सुरु भयको गाउँसभा तथा नीति तथा कार्यक्रममा अध्यक्ष केसिले संघीय सरकारको बजेट वित्तीय समानीकरण अनुदान तर्फ ९ करोड १९ लाख ,ससर्त अनुदान अन्तर्गत १८ करोड २३ लाख,राजस्व बाडफाड ७ करोड २९ लाख ३५ हजार ९ सय ,विशेष अनुदान ३ करोड,प्रदेश सरकारबाट बित्तीय समानिकरण अनुदान ९९ लाख ४२ हजार,राजस्व बाडफाड ६ लाख ८३ हजार,गत आर्थिक बर्षको बचत ३ करोड ५० लाख,र आन्तरिक आम्दानी गरि ४५ लाख २० हजार गरि उक्त अनुमानित बजेट गाउँसभामा प्रस्तुत गरेका हुन।

नितितथा कार्यक्रममा कोरोना भाइरस  कोभिड- १९ का कारण संक्रमण अझै फैलन सक्ने भन्दै विशेष कार्यक्रम पेश गरिएको छ।सातै वडामा एम्बुलेन्स राख्ने ब्यबस्था अनुरुप थप ३ वटा एम्बुलेन्स खरिद गरिने कार्यक्रममा समेटिएको छ।बर्थिङ सेन्टर,ल्याब संचालन,क्वारेन्टाइन विशेष कार्यक्रम हरु समाबेस गरिएका छन।नीति तथा कार्यक्रममा गाउँपालिका द्वारा क्रमागत रुपमा निर्माण भैरहेका तथा प्रक्रियामा रहेका गौरवका  आयोजना हरुको निर्माणको कार्यलाई निरन्तरता गर्नेगरि समाबेस गराएको छ।

कोभिड १९- का कारण रोजगारी गुमाएका श्रमिक तथा सामा किसान,असाहय ब्यक्ती,गरिब तथा बिपन्न बर्गका परिवारलाई लक्षित गरि स्वास्थ्य, शिक्षा,सीप बिकास कार्यक्रम र एवं आय आर्जन सम्बन्धि कार्यका लागि प्रोत्साहन गरिने अध्यक्ष केसिले बताएका छन।

गाउँपालिका अध्यक्ष सन्तोष केसिले समाजमा पछाडी परेका बर्ग,क्षेत्र, लिङ्ग, समुदाएका ब्यक्तिहरुलाई शसक्तिकरण गर्न जागरण मुलक कार्यक्रम, आय आर्जन तथा शिपमुलक कार्यक्रम, क्षमता बिकास तथा रोजगारी सिर्जनाका कार्यक्रम, जेष्ठ नागरिक सम्मान एवं अनुभव आदान प्रदान कार्यक्रम,सीप बिकास तथा लक्षित बर्गको सहभागितामा हरेक बिकास निर्माणका कार्यक्रम संचालन गरिने बताएका छन।

छत्रेश्वरि गाउँपालिकाको आठौं गाउँसभाको पहिलो बैठक बुधबारलाई स्थगित गरिएको छ। दोश्रो बैठक मिति तय गरेर बस्ने छ। उक्त बैठकबाट आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट र पेश भएका ऐन पारित गर्ने कार्यतालिका रहेको प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्काले बताएका छन।

प्रतिक्रिया दिनुहोस