१० असार, सल्यान
सल्यानको बागचौर नगरपालिकाले आफ्नो निती तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
“समृद्ध नगर निर्माणको लागि नगरबासीको सहभागिता , आर्थिक तथा पुर्वाधार विकास र सुशासन हाम्रो प्रतिबद्धता“ भन्ने मुल नाराका साथ यस बागचौर नगरपालिका सल्यानको अर्थिक बर्ष २०७७र२०७८ को छैठौं नगरसभा (निति तथा कार्यक्रम प्रस्तुतिकरण) आज एक कार्यक्रम बिच सम्पन्न भएको छ ।
बागचौर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकीको सभा अध्यक्षतामा सुरु भएको कार्यक्रममा निमित्त प्रमुख प्रसाशकिय अधिकृत रामबहादुर हमालले स्वागत मन्तव्य राखेका थिए । यस्तै कार्यक्रममा बागचौर नगरपालिका उपप्रमुख कल्पना पुनले अर्थिक बर्ष २०७७र२०७८ को निति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन ।
निती तथा कार्यक्रममा कोभिड १९ कोरोनाको लागि नगरले छुट्टै कोष निर्माण गरिएको र कोरोनाको महामारीका कारण समस्यामा परेका नागरिकलाई श्रममा आधारीत राहत कार्यक्रम संचालन, क्वारेन्टाइन व्यवस्थापन,नगरमा संचालित सार्वजनिक विकास निर्माणमा अधिकतम रोजगारी सृजना हुनेगरि श्रम प्रधान आयोजना,आधुनिक र व्यवसायिक कृषि प्रणालीमा जोड दिदै कृषिमा अनुदान र कृषकलाई प्रोत्साहन,पशुपालन बाट अधिक लाभ लिनका लागि नस्ल सुधार, पशु पालनको लागि खोर गोठमा आधारित अनुदान,ऐतिहासिक, धार्मीक, पर्यटकीय क्षेत्रको संरक्षण एवं प्रवद्र्धन, अग्लाटाकुरा भ्यु टावर निर्माणलाई निरन्तरता, पञ्च बर्षिय नगर शिक्षा योजना तर्जुमा गरि कार्यान्वयन गर्ने,नगर भित्रका स्वास्थ्य संस्थाको स्तर बृद्धि,मेयरसंग हिलटंकी वितरण कार्यक्रमको निरन्तरता,महिला दलित जनजाती, घाइते अपांगको सिप क्षमता विकास तथा आयआर्जन कार्यक्रम संचालन,अधुरा सडक निर्माण,मर्मत तथा अत्यावस्यक बाहेक जथाभावी सडक खन्ने कार्य बन्द गर्ने,कृषि योग्य जमिनमा दिगो र भरपर्दो सिंचाई सेवा,विद्युत विस्तार , भवन निर्माण कार्यलाई गुणस्तरीय, भरपर्दो र भुकुम्प प्रतिरोधात्मक बनाउन भवन निर्माण संहीता तयार गर्ने,वनको संरक्षण तथा जलवायु परिवर्तन सहयोग कार्यक्रम संचालन गर्ने, भु तथा जलाधार संरक्षण कार्यक्रम संचालन,विपद व्यवस्थापन,सुसासन तथा संस्थागत विकास,सुचना संचार तथा प्रविधिलाई पेपरलेस बनाउने गरि निती तथा कार्यक्रम पेश गरिएको छ ।
नीति तथा कार्यक्रमको विषयमा छलफल मा उठेका प्रश्न जिज्ञासा तथा सुझावको जवाफ दिदै नगर प्रमुख लोकमान बुढाथोकी ले कोरोना महामारीबाट बच्न र बचाउन कुनै कसर बाँकी नराख्ने बताए । नगर प्रमुखबाट
जिज्ञासाहरुको सम्बोधन भए प्रस्चात नीति तथा कार्यक्रम पारित भएको थियो ।
कार्यक्रममा बागचौर नगरकार्यापालिकाका सदस्यहरु , बागचौर नगरपालिकाका विभिन्न शाखामा कार्यारत कर्मचारीहरु, पत्रकारहरु र सुरक्षाकर्मीहरु को उपस्तिथि रहेको थियो । कार्यक्रम संचालन बागचौर नगरपालिकामा कर्यारत अधिकृत पुर्ण बहादुर वलीले गरेका थिए ।