जिल्लामा कोरोना संक्रमन बढिरहेका वेला श्रीनगरमा पसल नखोल्न वडाको निर्देशन

जेठ २१, सल्यान
सल्यान उद्योग वाणिज्य संघले आज देखि सल्यान श्रीनगरका पसल व्यवसाय खोल्न सुचना जारी गरेको विषयलाई लिएर शारदा नगरपालिका १ ले सो कार्यलाई निरन्तरता नदिन निर्देशन दिएको छ  ।
वडाले जिल्लामा कोरोना संक्रमितहरुको संख्या बढिरहेकाले श्रीनगर बजारमा पसल व्यवसाय खोल्दा यसले झन जोखिम निम्त्याउने भन्दै पसलहरु नखोल्न भनेको हो ।।
शानपा १ मा पर्ने जिल्लाकै प्रमुख व्यापारिक केन्द्र श्रीनगरमा उद्योग वाणिज्य संघले जेठ २० गते सुचना टास गरि दैनिक पसलहरु खोल्नको लागि समय सिमा बनाएको थियो, सोही अनुरुप आज श्रीनगर वजारमा निकै चहल पहल बढेको थियो ।
वडापालिकाको बैठकले निर्णय गरि उद्योग वाणिज्य संघ र इलाका प्रहरी कार्यालय शीतलपाटीलाई पत्र लेख्दै पसल नखोल्न र लकडाउनको पूर्ण पालना गर्न गराउन जानकारी गराएको छ, यसअघि जनप्रतिनिधि,व्यवसायी, उद्योग वाणिज्य संघ, बजार व्यवस्थापन समितिले गरेको निर्णय अनुसार अत्यावसिक पसल र सेवा साविककै समयमा संचालन गर्न समेत भनिएको छ ।

प्रतिक्रिया दिनुहोस