सल्यानमा थप १० जनामा कोरोना संक्रमन

जेठ १९, सल्यान
सल्यानमा थप १० जनामा कोरोना संक्रमित भेटिएका छन । प्रदेश अस्पताल पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा थप १० जनामो पीसिआर पोजेटिभ देखिएको हो ।

कोरोना पोजेटिभ देखिएका सबै बनगाड कुपिण्डे नगरपालिकाका रहेका छन् । नगरपालिकाको वडा न १, ३, ५, ६ र ७ वडाका रहेका छन् ।
बडा न १ का ३४ र ४० वर्षका पुरुष, वडा न ३ का २२ र २८ वर्षिय पुरुष, वडा न ५ का २१, २८ र ३६ वर्षिय पुरुष रहेका छन् । यस्तै वडा न ६ का २३ र वडा न ७ का २० र २१ वर्षका पुरुष रहेको सामाजिक विका मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा। लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।
यो संगै सल्यानमा कोरोना संक्रमितको संख्या ३५ पुगेको छ भने कर्णाली प्रदेशमा १ सय ९८ पुगेको छ ।

सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले अहिले कोरोनाको इपिसेन्टर बनेको छ । बनगाड कुपिनण्डे नगरपालिकामा मात्र १२ सय बढी नागरिक क्वारेनटाइनमा बसी रहेका छन् । भारतको सिमा नाका तथा प्रदेश नाकाहरुका कोरोना परीक्षण नहुँदा संक्रमणको दर बढ्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस