जेठ, १८, सल्यान
सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा भेटिएका कोरोना संक्रमितलाई रुकुम पश्चिमको चौरजहारी कोरोना विषेश अस्पतालले लिन नमानेको खुलेको छ । सल्यान, जाजरकोट र पश्चिम रुकुमका कोरोना संक्रमित राख्नको लागि जिम्मा पाएको चौरजहारी कोरोना अस्पतालले सल्यानका कोरोना संक्रमितलाई लिन नमाने खुलेको हो ।
बनगाड कुपिण्डे नगरपालिकाका २५ जना कोरोना संक्रमित मध्य १२ जनालाई सल्यान अस्पतालमा राखिएपनि १३ जनलाई चौरजहारी कोरोना विषेश अस्पतालले राख्न नमानेपछि सुर्खेत पठाउने तयारी भएको श्रोतले बताएको छ । कोरोना संक्रमित राख्नको लागि कर्णाली प्रदेश सरकारले ५० लाख बजेट दिएर सल्यान, जाजरकोट र रुकुम पश्चिम चौरजहारीमा कोरोना विषेश अस्पताल बनाएको थियो ।