सल्यानमा पहिलोपटक २५ जनामा कोरोना संक्रमन

जेठ १८ सल्यान
सल्यानमा उकै पटक २५ जनामा कोरोना पोजेटिभ देखिएको छ । कर्णाली प्रदेश अस्पतालको पशुपंक्षी रोगअन्वेषण प्रयोगशाला सुर्खेतमा भएको पिसिआर परिक्षणमा जिल्लाका २५ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
कोरोना संक्रमितहरू सबै वनगाड कुपिण्डे नगरपालिका भित्रका हुन ।
वडा नं १ का १९, २०, ४०र ६० वर्षका गरी ४ जना, वडा नम्वर २ का १९ वर्षिय १ जना, वडा नम्वर ३ का १७, २७, २७ र ३८ वर्षिय गरि ४ जना, वडा नम्वर ४ का १८, ३३ र ४४ वर्षका गरी ४ जना, वडा नम्वर ६ का ११, १६, १८, १९, २०, ३१, २१, २१, २५, २८, ३० र ३६ गरी १३ जना र वडा नम्वर ७ का ३८ वर्षिय १ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
उनिहरू सवै पुरूष हुन भने सवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
उनिहरू सवै भारतबाट आएका हुन । बनगाड क्याम्पसका र प्रभाकर मावी देवस्थलको क्वारेन्टिनमा रहेका मध्ये ३ सय ९३ जनाको पिसिआर जाँचको लागी स्वाव संकलन गरीएकोमा २५ जनामा कोरोना संक्रमण देखिएको हो ।

सल्यानमा भारतबाट फर्कनेक्रम बढिरहेकाले संक्रमणको जोखिम हुने खतरा छ ।

प्रतिक्रिया दिनुहोस