लकडाउनका पनि सल्यानमा सुत्केरी हुनेहरुको संख्यामा बृद्धि

बैशाख ३१, सल्यान

लकडाउनका कारण देशभरको जनजीवन प्रभावित भइरहेका बेला सल्यान खलंगाकोे जिल्ला अस्पतालमा सुत्केरी हुनेहरु संख्या बढिरहेको छ ।
दैनिक तिन चार जना सुत्केरी हुने गरेको जिल्ला अस्पतालमा लकडाउन सुरु भए देखि आज सम्म १७३ जनाले प्रसुती सेवा लिएको अस्पताल स्रोतले बताएको छ । जसमध्ये चैत्र ११ देखि चैत्र मसान्त सम्म ८४ र बैशाख मसान्त सम्म ८९ रहेकाछन । जो अघिल्नो वर्षको तुलनामा बढि हो ।

सल्यान जिल्ला अस्पतालमा सल्यान संगै रोल्पा र रुकुमबाट समेत प्रसुती सेवाको लागि आउने गरेका छन ।

लकडाउनमा अत्यावश्यक सवारीलाई आवतजावतमा रोक नलगाइएका कारण प्रसुतीका लागि जिल्ला अस्पताल आउनेहरुको संख्यामा कुनै प्रभाव नपरेको पाइएको छ ।

स्थानीय तह मातहतका स्वास्थ्य संस्थामा आवश्यक सुरक्षा सामाग्री नहुदा सिधै जिल्ला अस्पतालमा रिफर गर्ने गरेको पाइएकाले जिल्ला अस्पतालमा सुत्केरी हुनेहरुको संख्या बढेको हो ।प्रसुती सेवा आकस्मिक केश भएकाले कोरोनाले यसलाई कुनै प्रभाव नपारेको र उचिब सुरक्षा सामाग्री र सजगताका साथ सेवा संचालन गरिएको स्वास्थ्य सेवा कार्यालय प्रमुख डाक्टर अर्जुन बुढाले जानकारी दिए ।
जिल्ला अस्पताल सल्यानको तथ्यांक अनुसार गत आर्थिक वर्षमा कुल ११६६ सुत्केरी भएकोमा एस अर्थिक वर्षमा ११६८ जनाले जिल्ला अस्पतालमा बच्चा जन्माएका छन ।

नेपाल सरकारले यातायात खर्चको २ हजार, कर्णाली प्रदेश सरकार सुत्केरी पोषण कोसेली कार्यक्रम अन्तर्गत २ हजार र नियमित गर्भ जाँच अनुसार ८ सय गरि ४ हजार आठ सय रुपैया जिल्ला अस्पताल सल्यानले प्रसुती सेवा लिनेलाई वितरण गर्दे आएको छ ।

प्रतिक्रिया दिनुहोस