सल्यान शारदा नगरपालिका वडा नं. १५ स्यालेघारीमा रहेको विद्युत पोलको तार जमिन बाट करिब २ मिटर उचाइमा रहेको छ जो सजिलै हातले पुग्न सकिन्छ ।
उक्त तारको एउटा पोल शारदा नदीको किनार र अर्को पोल स्यालेघारीमा रहेको छ । पोल देखि पोलको दुरी निकै लामो रहेकाले ताल जमिन नजिक भएको स्थानीय बताउछन ।
शारदा नदी वारपार गर्ने मानिस यसको उच्च जोखिममा रहेका छन ।
कुन वेला कस्ले तार छुने हो या अझै जमिन नजिक खस्ने हो भन्ने सन्त्रासका विच बसिरहेका स्थानीयहरु शिघ्र यसको व्यवस्थापन विद्युत प्राधिकरणले गरिदिनुपर्ने बताउछन ।
बेलैमा ध्यान नदिय मानवीय क्षति हुन सक्ने खतरा रहेको स्थानीय वासी विष्णु विकले बताए । उनले यसको व्यवस्थापन चाडै गरेर मानवीय क्षती हुनबाट बचाउन समेत विद्युत प्राधिकरणलाई आग्ह गरेका छन । उक्त तार घरको छानामा सट्न थालेको र त्यसले झनै जोखिम बढेको देखिन्छ ।