बैशाख २० सल्यान
गुनस्तर हिन चामल विक्रि गरेको भन्ने समाचार संचार माध्यममा आएको विषयमा दार्माका दुई सहकारीले प्रेस विज्ञप्ती जारी गरि सो को खण्डन गरेका छन ।
भल्चौर साना किसान कृषि सहकारी संस्था र दार्माकोट कृषि सहकारी स्ंस्था बाट विक्रि भएका चामल सादा बोरामा विक्रि भएको र सो चामलका गुणस्तरहिन रहेको समाचार आएपछि दुवै सहकारीले संयुक्त विज्ञप्ती निकालेर सो को खण्डन गरेका हुन ।
लकडाउनको समयमा कपिलवस्तुबाट चामल खरिद गरिएको र कम्पनिले लकडाउनका कारण आफ्नो ब्राण्ड राख्न नपाएको लिखित जानकारी गराएको र सादा बोराका चामल विक्रिको कुरालाई विभिन्न संचारमाध्ययमा गुणस्तरहिन चामल विक्रिल गरिएको भनी समाचार आएको र सो प्रति खेद व्यक्त गरिएको विज्ञप्तीमा भनीएको छ ।
चामल खाद्य प्रविधि तथा गुन नियन्त्रण कार्यालय नेपालगंजमा परिक्षण गराउदा नेपाल सरकारले तोकेको अनिवार्य गुणस्तर पाईको व्ष्यहोरा समेत विज्ञप्तीमा उल्लेख भएको छ ।
गुणस्तरहिन चामलका विषयमा यस्तो छ विज्ञप्ती