बैशाख ९, सल्यान
सल्यानका एक युवामा कोरोना संक्रमन नभएको बताइएको छ ।
सोमबार श्रीनगरमा र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) बिधीबाट परीक्षण गरि पोजेटिभ देखिएका शारदा नगरपालिका १ चैबाङका युवाको स्वाव परिक्षणमा रिपोर्ट नेगेटेभि आएको छ ।
र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) रिपोर्ट पोजेटिभ आएपछि ति युवाको मंगलबार स्वाव संकलन गरेर कर्णाली प्रदेशको राजधानी सुर्खेत स्थित प्रयोगशालामा पठाइएको र उनको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय सल्यानले जनाएको छ । उनी संगै उनकी श्रीमतिको पनि स्वाव परिक्षण गरिएको र उनको रिपोर्ट पनि नेगेटिभ आएको छ ।
सल्यानमा अहिलेसम्म र्यापिड डाइग्नोष्टिक टेष्ट ९आरडिटी० गरिएका ४ सय ९५ जनाको रिर्पोट नेगेटिभ आएको थियो ।
सल्यानमा अहिले सम्म कसैलाई पनि कोरोनाको संक्रमन नदेखिएता पनि सर्तक रहन स्वास्थ्य कार्यालय सल्यानका प्रमुख अर्जुन बुढाले अनुरोध गरेका छन ।