सल्यानका एक युवाको र्‍यापिड टेष्ट रिपाेर्ट पोजेटिभ

बैशाख ८, सल्यान ।
सल्यानका एक युवामा कोरोना भाइरसको किट परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको छ ।
सोमबार श्रीनगरमा र्‍यापिड डाइग्नोष्टिक टेष्ट ९आरडिटी० बिधीबाट परीक्षण गरिएका ति युवाको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय सल्यानका प्रमुख अर्जुन बुढाले बताए ।
शारदा नगरपालिका १ चैबाङका ती युवा गत चैत ६ गते युएइबाट घर आएका थिए ।
उनलाइ अहिले जिल्ला अस्पताल सल्यानको आइसुलेसनमा राखिएको छ । उनको परिवारलाइ पनि अहिले अस्पतालमा ल्याएर र्‍यापिड डाइग्नोष्टिक टेष्ट ९आरडिटी० गर्न लागेको प्रमुख बुढाले बताए ।

जिल्लाका सबै स्थानीय तहका भारत तथा तेस्रो मुलुकाबाट आएकाहरुको र्‍यापिड डाइग्नोष्टिक टेष्ट ९आरडिटी० गर्ने क्रममा सोमबार ती युवाको पनि टेष्ट गरिएको थियो । जसमा उनको रिपोर्ट पोजेटिभ आएको हो । सल्यानमा अहिलेसम्म र्‍यापिड डाइग्नोष्टिक टेष्ट ९आरडिटी० गरिएका ४ सय ९५ जनाको रिर्पोट नेगेटिभ आएको थियो ।
र्‍यापिड डाइग्नोष्टिक टेष्ट ९आरडिटी० रिपोर्ट पोजेटिभ आएपछि ति युवाको मंगलबार स्वाव संकलन गरेर कर्णाली प्रदेशको राजधानी सुर्खेत स्थित प्रयोगशालामा पठाइने स्वास्थ्य कार्यालय सल्यानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस