बैशाख ५, सल्यान
कान्तिपुर दैनिकले तयार पारेको स्थलगत रिपोर्ट मा सल्यानकी १७ वर्षीया कमला घर्तीे नौविसेमा अलपत्र परेको समाचार आएपछि सामाजिक संजालमा उनलाई उद्धारको लागि चर्चा चलेको थियो ।
आज विहानै देखि सल्यान दृष्टिकोणले उनको बारेमा फेशवुकमा पोष्ट गरेपछि सल्यान जेसिसले गाउँपालिकालाई ध्यानाकर्षण गराएको थियो ।
सम्बन्धित वडाध्यक्षसंग कमला घर्तीको फोन नम्बर मागेर उनलाई सम्पर्क गरिएको र अमिलिया सम्म ल्याउने व्यवस्था गरिएको सल्यान जेसिसका कोषाध्यक्ष दिपक बोहोराले बताए ,उनका अनुसार कमला घर्तीलाई फोन गरि उनी भएको ठाउँमा नौविसे जेसिसका अध्यक्ष विनोद उप्रेतीलाई सम्पर्क गरि उनलाई अमिलिया सम्म आउने ट्रकमा चढाइएको हो ।
कमला घर्ती अमिलिया आइसकेको जानकारी गाउँपालिकालाई गराइसकेपछि अमिलियाबाट उनको घरसम्म ल्याउनको
कपुरकोट गाउँपालिकाले गाडी पठाइसकेको बताईएको छ ।
१७ वर्षीया गर्भवती कमला घर्ती इँटाभट्टामा काम गर्न काठमाण्डौ पुगेकी थिइन ।