बिरामी बोक्न नमान्ने एम्बुलेन्समाथि तोडफोड

काठमाडौं- र्‍यापिड डाइग्नाेस्टिक टेस्टमा पोजेटिभ देखिएका धादिङका एक जनालाई बोक्न नमानेको भन्दै स्थानीयले एम्बुलेन्स तोडफोड गरेका छन् ।

बिरामी बोक्न नमानेर व्यक्तिगत सामान बोकेको आरोप लगाउँदै स्थानीयले बुधबार साँझ एम्बुलेन्स नियन्त्रणमा लिइ तोडफोड गरेका हुन्।

बुधबार सामान बोकेर एम्बुलेन्स जाँदै गरेको अवस्थामा ज्वालामुखी गाउँपालिका-३ अमराईमा स्थानीयले नियन्त्रणमा लिइ तोडफोड गरेका हुन् । एम्बुलेन्समा सामान्य क्षति पुगेको छ ।

हिजो ज्वालामुखी गाउँपालिकाका एक जनामा र्‍यापिड टेस्ट रिपोर्ट पोजेटिभ देखिएपछि उनलाई अस्पताल लैजान खोज्दा चालक सम्पर्कविहीन बनेका थिए ।

आरडीटी रिपोर्टमा पोजेटिभ देखिएका उनी आफै मोटरसाइकलमा अस्पताल पुगेका थिए ।

बिरामी बोक्न नमान्ने एम्बुलेन्स व्यक्तिगत सामान बोक्न प्रयोग गरिएको भन्दै सामाजिक सञ्जालमा आलोचना समेत गरिएको छ ।

खबरहब

प्रतिक्रिया दिनुहोस