बैशाख ३, सल्यान
सल्यानको दार्मा गाउँपालिकामा भोली र्यापीड टेष्ट गरिने भएको छ ।
२०७७ बैशाख ४ गते बिहान १० बजेदेखि दार्मा गाउँपालिकाको केन्द्र फारुलाचौरमा Rapid diagnosis test kit(RDT Kit) द्वारा कोरोना संक्रमण भए नभएको परिक्षण गरिने गाउँपालिकाले बताएको छ ।
२०७६ चैत १ गतेपछि भारतबाट घर आएका, कोरोनाको जस्तो लक्षण देखिने बिरामी सबै व्यक्ति र ३०विदेशबाट आएर २०७६ चैत २६ गते स्वाव संकलनमा छुटेका सबै व्यक्तिको र्यापिड टेष्ट गरिने भएको हो ।गाउँपालिकाले २०७७ बैशाख ४ गते बिहान ९स्४५ बजे,फारुलाचौर आउन सम्बन्धि सबैलाई अनुरोध गरेको छ ।र्यापीड टेष्टको लागि सल्यान अस्पतालको टोली दार्मामा आउने गाउँपालिका अध्यक्ष निम बहादुर केसी अरुणले बताएका छन ।