समय लकडाउनको छ । कोरोनाको त्रासका कारण सबैजना अहिले घरमै बसेर दिन कटाउनु पर्ने बाध्यता छ । स्वाभाविक हो, यस्तो समयमा हाम्रो शरिरले आवश्यक शारिरिक अभ्यास पाउँदैन । फलतः हाम्रो निद्रा पनि त्यति मीठो एवम् लामो समयसम्म टिक्न सक्दैन ।
वैज्ञानिकहरूका अनुसार, एक वयस्कका लागि दिनमा झण्डै ७ देखि ९ घण्टासम्म निदाउन आवश्यक हुन्छ । होइन भने शरिर र मस्तिष्क दुबै स्वस्थ र तन्दुरुस्त हुन सक्दैनन् ।
त्यसैले, के तपाईहरू पनि मीठो र सुखद निद्राको तलासमा हुनुहुन्छ भने तल उल्लेखित पेय पिउनुहोस्, तपाईको निद्रा मीठो बनाउन यिनले निकै सहयोग पुर्याउनेछन् ।
दुधमा ट्रिप्टोफन नामक रसायन हुन्छ जसले दिमागमा सेरोटोनिन बढाउँछ र फलतः राम्रो निद्रा दिलाउनुका साथै हामीलाई फ्रेस पनि बनाउँछ ।
यसले पेटको समस्या पनि समाधान गर्ने गरेको चिकित्सकहरू बताउँछन् ।
यसले पनि दुधले जस्तै निद्रालाई आनन्ददायी बनाउँछ ।
के तपाईले पनि आफ्नो निद्राका लागि माथिका चिज पिउने गर्नु भएको छ ? यीमध्ये तपाईको मनपसन्द कुन हो ? या अरु कुनै उपाय पनि तपाईलाई उपयोगी लागेका छन् ? यदि छन् भने कमेन्ट बक्समा लेख्नुहोला ।
घरमै बसौं, सुरक्षित रहौं ।
दियो अनलाइन !