नक्कली विरामी र पास बनाई हिडेको एम्बुलेन्स सहित ४ जना व्यक्ति पक्राउ

२ बैशाख,सल्यान

सल्यानमा एम्बुलेन्स दुरुपयोग गरेको आरोपमा एम्बुलेन्स सहित ४ जना ब्यक्ती पक्राउ परेका छ्न।
सरकारले कोरोना भाईरस कोभिड १९ को संक्रमण हुन नदिन र उच्च स्वास्थ्य सतर्कता अपनाउन गरेको लकडाउनमा झुठो कागजपत्र र नक्कली बिरामी बनाई एम्बुलेन्स दुरुपयोग भएको खबर पाएपछि प्रहरिले पक्राउ गरेको हो।

गत ३० गते राती १० बजे रुकुमबाट दाङ तर्फ जाँदै गरेको मानव परोपकार तथा समाज कल्याण केन्द्र दाङको रा १ च ५१२ नम्बरको एम्बुलेन्स र एम्बुलेन्समा सवार ४ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

झुठो कागजपत्र र नक्कली बिरामी बनाई यात्रुलाई ओसार पसार गरेको गोप्य सूचनाका आधारमा बागचौर नगरपालिका ५ को सिमखोलीमा रहेको प्रहरी चेक प्वाइन्टबाट एम्बुलेन्स त्यसमा सवार नक्कली बिरामी सहित ३ जना र चालकलाई पक्राउ गरिएको सल्यानका प्रहरी प्रमुख डिएसपि ढकेन्द्र खतिवडाले बताएका छन।

प्रतिक्रिया दिनुहोस