चैत ३०, सल्यान
सल्यानमा युवाहरुको समुहले छत्रेश्वरी गाउँपालिकालाई आर्थिक सहयोग गरेका छन ।
जिल्लामा केही समय अगाडी देखि क्रियासिल सल्यान ग्यालरी नामक फेशवुक ग्रुप संचालन गरिरहेको युवाहरुको समुहले कोरोना भाइरसको रोकथाम तथा राहत वितरणका लागि गाउँपालिकाले बनाएको कोरोना विपद राहत कोष लाई २३ हजार रकम सहयोग गरेका छन ।
शनिबार सामाजिक कार्य गर्न युवाहरुले खोलेको उक्त फेसबुक ग्रुपले आफ्ना सदस्य र अन्य व्यक्तीहरुबाट राहतका लागि उठाएको रकम र ७ गत्ता चाउचाउ शनिबार गाउँपालिका अध्यक्ष सन्तोष केसीलाई हस्तान्तरण गरेका हुन ।
लकडाउन भएपछि अति विपन्न नागरिक हरु मर्कामा पर्ने हुनाले उनिहरुको लागि राहत स्वरुप गाउँपालिकालाई नगत रकम सहयोग गरिएको ग्रुपका सदस्य बुलन्द बाबू सेजवालले बताएका छन।सहयोग रकम बुझदै गाउँपालिका अध्यक्ष सन्तोष के.सी.ले युवाहरुले गरेको सहयोग र सामाजिक काम प्रतिको चासो निकै सर्हानिय रहेको बताए
ग्रुपमा शारदा नगरपालिका १ श्रीनगरका ७ जना युवा दिपेन्द्र बस्नेत, कमल रेग्मी, बसन्त शर्मा, बुलन्दबाबू सेजवाल, योगेश बस्नेत, राजन डाँगी र रजित बुढाथोकी रहेका छन ।