सिद्ध कुमाख गाउपालिकामा २ सय ४५ घरपरिवारलाई राहत वितरण गरिने

सल्यानको सिद्धकुमाख गाउपालिकाले पनि गाउँपालीका भित्रका बिपन्न घरपरिवारलाई राहत वितरण गर्ने कार्यलाई अगाडि बढाएको छ ।

कोरोना भाइरसले गर्दा,सरकारले गरेको लकडाउनका कारण दैनिकी चलाउन समस्या भएका बिपन्न घर परिवारहरुलाई राहत स्वरुप खाद्यान्न वितरण गर्न सुरु गरेको गाउँपालिकाले जनाएको छ । कोरोना भाइरसको संन्त्रास संगै गाउँपालिकाले गाउँपालिका भित्रमा क्वारेन्टाइनको समेत स्थापना गरेको गाउँपालिका अध्यक्ष चित्रबहादुर चलाउनेले जानकारी दिएका छ्न ।निराजन मा।बि ढोरचौरमा स्थापना गरिएको २५ जना क्षमताको क्वारेन्टाइनमा,बिरामीहरुको लागी भनेर ईन्टरनेट,खानेपानी,सुरक्षाको समेत ब्यवस्था गरिएको अध्यक्ष चलाउनेले बताए उनले,गाउँपालिका भित्रका स्वास्थ्य संस्थाहरुका लागी,३० सेट पिपिई बितरण गरि सकिएको र गाउँपालिका भित्रका करिव २४५ बिपन्न परिवारलाई राहत बितरण गरिने बताएका छ्न । बिहिवार गाउपालिकाको वडा नम्बर २ का ३६ घरपरिवारलाई राहत वितरण गरिएको वडाअध्यक्ष रुद्र बहादुर बुढाथोकीले जानकारी दिए ।

संघीय सरकारको कार्यबिधिलाई अवलम्बन गरेर, गाउपालिकाले तयार पारेको कार्यबिधिका आधारमा प्रति परिवार २५ किलो चामल, १ लिटर तेल, १ पोका नुन र २ किलो दाल राहत स्वरुप बितरण गरिएको जानकारी दिएका छ्न । बुढाथोकीले कोरोना भाइरसबाट बच्नको लागी सजक बन्न वडावासी लाई आग्रह गर्दै सरकारले घोषणा गरेको लकडाउनको पूर्ण रुपमा पालना गर्न सबैमा आफुहरुले आग्रह गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस